नेपाल स्वयंसेवक संघ प्रदेश खेलकुद संगठनको महासचिवमा महता

पवन थापा / कञ्चनपुर 
देशभर सञ्जाल रहेको नेपाल स्वयंमसेवक संघको विभिन्न भात्री संगठन विस्तारको क्रममा नेपाल स्वयंसेवक संघ सुदूरपश्चिम प्रदेश कमिटिले प्रदेश खेलकुद संगठन गठन गरिएको छ । सुदुरपश्चिम प्रदेश नेपाल स्वयंमसेवक संघ प्रदेश कमिटीले खेलकुद प्रदेश संगठन चयन गरिएको हो । नेपाल स्वयंसेवक संघ सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेशको खेलकुद संगठन को महासचिव पदको जिम्मेवारी बिकास सिंह महता (धन) लाई दिएको छ । भने अध्यक्ष पदमा शुभास बुढा ,उपाध्यक्ष सुरेश कडाल र प्रदेश सचीवमा विराज धमला लाई चयन गरि प्रदेश खेलकुद संगठनको जिम्मेवारी दिइएको नेपाल स्वयंसेवक संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष नवीन थापाले जानकारी दिएका छन।
कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका का होनहार जुझारु शालीन युवा समाजसेवी खेलप्रेमी खेलाडी महता लाई नेपाल स्वयंसेवक संघ प्रदेश खेलकुद संगठनको महासचिव पदको जिम्मेवारी दिएको छ। ग्रामीण क्षेत्र देखि आफ्नो खेलकुद क्षेत्र देखि समाजसेवी यात्रा सुरु गरेका शालीन जुझारु युवा खेलाडी महता एका-एक आफ्नो अब्बलता बौद्धिक क्षमताले स्थानीय स्तर देखि जिल्ला हुँदै प्रदेश सम्मको यात्रा तय गरेका छन् । समाजसेवी युवा खेलाडी महता वि.सं.२०५८ सालमा बेलडाँडी क्षेत्रमा रहेका आरक्ष पीडित परिवार मध्यका एक उनी पनि हुन। आगामी दिनमा आफ्नो संघर्षरत जिन्दगी लाई निरन्तर खेलकुद क्षेत्रमा रहि दुखी गरीबहरु को सेवामा तल्लीन रहेन गरि युवा लाई खेलकुद तर्फ लक्षित हुने गरि समाजसेवा खेलकुद बिकासमा लाग्ने महासचिव महाताले बताउनु भो।
उनले भने ‘यसरी आफ्नो आगामी दिनका यात्रा पनि एका-एक खेलकुदमा र समाजसेवाको लागि रहने छ।’ सानै विद्यार्थी जीवनकाल देखि नै समाजसेवी भावना भएका महासचिव महता आफ्नो जिन्दगीको यात्रा निरन्तर खेलकुद तर्फ तल्लीन हुने र गरिब दुखी असहाय लाई मध्यनजर गर्दै खेलकुद क्षेत्रको यात्रा बाट समाज परिवर्तनमा आफू लगायत सम्पुर्ण टिम तल्लीन हुने र अझै थप उर्जाका साथ आफ्नो जिम्मेवारी लाई सफलता पुर्वक बहन गर्नुका साथै सकारात्मक रुपले खेलकुद क्षेत्र तर्फ उन्मुख हुने। महासचिव महताले भन्नू भो। कञ्चनपुर जिल्ला फुटबल संघको मिडिया संयोजक समेत जिम्मेवारी पाएका उनी लामो समय देखि आफ्नो जीवनकाल खेलकुद क्षेत्रमै बिताउदै आएका छन।
खेलकुद क्षेत्रमा स्थानीय स्तर देखि लिएर प्रदेश र राष्ट्रिय स्तरसम्म आफ्नो खेलकुदको यात्रा तय गरेका उनले एन्फा जिल्ला लिग फुटबल प्रतियोगिता -२०७६ का च्याम्पियन टिमका टिम क्याप्टेन समेत हुन। जिल्ला लिगमा लगातार तेस्रो पटक फाइनल पुगेका उनले दुई पटक भने च्याम्पियन हुन बाट चुकेका उनी तेस्रो चोटि भने दिपज्योती क्लब महेन्द्रनगर टिमका कप्तान महताले आफ्नो टिमलाई च्याम्पियन संगै उपाधी दिलाएका थिए। खेलकुद क्षेत्रका बहुप्रतिभाका धनी महता खेलकुद जीवनकालमा क्याम्पस स्तरीय क्रीकेट समेत खेल्ने गर्थे उनी आफ्नो टिमको लागि ओपनर फास्ट बोलरका रुपमा परिचीत थिए। उनले पाँच वर्ष सम्म बुदोकैदो कराते समेत खेलेका हुन।
अहिले उनी सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पस अन्तर्गत मानविकी तथा सामाजिकशास्त्र संकायको स्नातक तहको ग्रामीण बिकास र पत्रकारिता मुल विषय लिएर बिए सातौं सेमिस्टरमा अध्यनरत छन् । आगामी दिनमा समाजका हरेक क्षेत्रमा आफ्नो गाउँ ठाउँको स्तर उन्नति बिकासका लागि र समाज परिवर्तन गर्न युवा लाई लक्षित गरि अगाडि बढ्ने हो भने सम्भव नहुने कुरा केही पनि छैन । त्यसैले नेपाल स्वयंमसेवक संघले बिभिन्न सामाजिक क्षेत्रहरु मा कार्यहरु गर्दै आएको छ। केही परिवर्तन ल्याउनका लागि खेलकुद पनि मुख्य पाटोको रुपमा लिन सकिन्छ ।

ताजा समाचार