दोधारा क्षेत्रबाट अवैध चोरी तस्करीका समान बरामद

खडक रावल / कञ्चनपुर
कञ्चनपुरको दोधारा क्षेत्रबाट अवैध चोरी तस्करीका समान बरामद गरिएका छन् । सशस्त्र प्रहरी बल बोर्डर आउट पोट (बिओपी) दोधाराले महाकाली नगरपालिका क्षेत्रबाट समान बरामद गरेको हो । सशस्त्र प्रहरी बल बिओपी दोधाराका इन्चार्ज प्रहरी निरीक्षक कृष्ण बहादुर बोहरा नेतृत्वको टोलीले केही दिन यता भारतबाट अवैध रुपमा भित्रिएको अवैध समान बरामद गरेर भन्सार बुझाएको छ ।

हार्डवेयर, किराना, कुखुरा लगायतमा समान भित्रिएका थिए । सशस्त्र प्रहरी निरीक्षक कृष्ण बहादुर बोहराले महाकाली नगरपालिका क्षेत्रका विभिन्न नाकाबाट भित्रिएको अवैध समान बरामद गरेर भन्सार बुझाएको छ । हालै आएका प्रहरी निरीक्षक बोहराले सीमा क्षेत्रबाट चोरी तस्करी रोकथामका लागि एक्सनमा हिडेका छन् ।

ताजा समाचार