ढुङ्गा प्रहार गरि नाबालक हत्या प्रकरण न्यायको पर्खाइमा पीडित परिवार

कञ्चनपुर

विश्वभरी कोरोना कहर चलिरहेको थियो, तर सुदूरपश्चिम प्रदेशको डडेल्धुरा भित्रि मधेश आलिताल गाँउपालिका ६ भौनामा भने, खानेपानीको विवाद थियो । आर्थिक बर्ष २०७६/०७७ सकिने चटारोमा राज्यको बजेट सक्नका लागि केही गिरोह सकृय भएर लागेका थिए । खानेपानी योजनाको विषयमा स्थानीयविच चुलिएको विवाद चरम उत्कर्षमा पुगेको थियो । भौना र मेलखाली गाँउविच विवाद क्रमिक रुपमा बढिरहेको थियो । मेलखाली गाउँका बासिन्दाले खानेपानी आफ्नो गाउँ लैजान खोजेको भन्दै भौना गाउँका बासिन्दाले बिरोध गर्दै आएका थिए ।

असार २६ गते भौनाका स्थानीय गणेश बहादुर महराको घरमा उनीमाथि हमला गर्न गएका केही समुहले उनकै नाबालक छोरामाथि क्रु्रर तरिकाले ढुङ्गा प्रहार गरि हत्या गरिदिएपछि महरा परिवार विचल्लीमा मात्र होईन ध्वङसको संघारमा पुगेका छन् । घरको एक्लै ७ बर्षिया छोरा हिमान्सुलाई त्यो भिडले क्रुरुतापुर्वक ढुङ्गा प्रहार गरि घाईते मात्र होईन स्वर्गमा पु¥याईदियो । भिडको ढुङ्गमुढा प्रहारबाट घाईते भएका अबोध बालकको उपचारका क्रममा दोस्रो दिन सारथी अस्पताल धनगढीमा मृत्यु भयो । बाबु गणेश महरासंगको रिसिईबीका कारण त्यो भिडले पोपिला नै चुडिछाडे । त्यो गणेशले प्रत्यक्ष भोक्नु परेको भएपनि जति कलिला सन्तान छन, ति सबै अभिभावमा पर्ने त्यस्तो घटना दोहोरिला भन्न सकिदैन् । बाबुसगको रिसिईबीका कारण अबोध कलिला सन्तानमाथि भएको बज्रपातले सुदूरपश्चिमको मानव अधिकारको अवस्था समेत कति दयनिय भएको देखाउँछ ।

मृतक हिमान्सुका बाबु गणेशले घरमै आएर हमाला गर्ने समुहमाथि कार्बाहीका लागि किटानी दिए । २१ साउनमा कर्तव्य ज्यान मुद्दामा डडेल्धुरा जिल्ला आदालतले तीन नाबालकलाई रिहाई गर्न र बाँकीलाई पुरपक्षका लागि जेल चलान गर्न आदेश दिएको थियो । न्यायाधिश हरि प्रशाद शर्मा उपाध्यायको एकल इजलासले घटनाका मुख्य योजनाकार हरिकृष्ण भाट, टिकाराम ओली, निर ब. ओली, जयमती खडका, रिमा कुमारी थापा(मगर), कलुदेवी खडका, पवित्रा कुमारी कार्की, पम्फादेवी ओली, तुलसी कुमारी ओली, अमृता ओलीलाई जेल चलान गरेको थियो । भीम खडका, उद्धव ओली र लाल ओली नाबालक भएकाले उनीहरुलाई साधारण तारेखमा रिहाई गर्न आदेश दिएको थियो । गरिबी र सन्तानको विच्छिप्त अवस्थामा गाँउलेबाटै क्रुरु तरिकाले हत्या गरिएपछि महरा परिवार यतिबेला न्यायको पर्खाईमा छन् । हत्यामा संलग्न समुहले पैशा र शक्तिका बलमा कतै उन्मुक्ति पाउने हुकी भनेर महरा परिवारलाई चिन्ता छ । ‘खानेपानी योजनाको विवादमा त्यो भिड मेरै घरमा आएर हमला गर्न थाल्यो, मलाई र श्रीमतीलाई गालीगलैच गर्दै कुटपिट गर्न थाले, ‘गणेश महराले भने, ‘हामीहरुमाथि जाई लागेको भिडले कलियो सन्तानलाई मारिदिए ।’

आफुंसंग कुनै विवाद भएपनि गाँउघरमा विवादबारे छलफल गर्न सकिने थुप्रै विकल्प हुँदाहुँदै हत्या गर्ने उदेश्यले नै घरमा हुलहुज्जल ल्याएर हमला गरेको उनले बताए । महराले मानव अधिकार, न्यायालय, संचार, राजनीतिक दल, सरकार सबै पक्षसंग न्यायका लागि माग अघि सारेका छन् । आगामी दिनमा आफुले जस्तो कुनैपनि अभिभावकले दुर्दशा भोक्नु नपरोस भन्दै न्यायको भिख मागिरहेका छन् । स्थानीय शंकर आधारभूत विद्यालयमा कक्षा १मा अध्ययनरत गणेशले छोरालाई ठुलो मानिस बनाउने सपना बोकेका थिए, गाँउले नै छोराको काल बनेर आएपछि उनको सपना चकनाचुर भएको छ ।

ताजा समाचार

This will close in 10 seconds