बेदकोटमा जंगली बदेलको आतङ्क

हात्तीथलाका दुई महिलामाथि फेरी आक्र्रमण

कृष्ण नेपाली / कञ्चनपुर
कञ्चनपुरको बेदकोट नगरपालिका क्षेत्रमा जंगली बेदलले मानवमाथि क्रमिक रुपमा आक्र्रमण गरिरहेको छ । किसानको खेतबारीमा नोक्सारी मात्र नभई स्थानीयमाथी आक्र्रमण गरिरहेको हो । एक महिना अघि घरमै बसिरहेका नेकपा बेदकोट इन्चार्ज रामचन्द रेग्मी सहितको उनको घर परिवारलाई घरमै आएर आक्र्रमण गरेको बदेल समुहले दुई साता पछि बेदकोट नगरपालिका १० चतहरीका चैते सुनार सहितका चार जनालाई आक्र्रमण गरेको ठिक दुई सातापछि बेदकोट नगरपालिका १ हात्तीथलाका दुई महिलामाथि आक्र्रमण गरेको छ ।

मंगलबार बिहान हात्तीथलाका ४२ बर्षिया शुशिला ऐडी र ५६ बर्षिया बेदमती ऐडीलाई आक्र्रमण गरेको स्थानीयले बताएका छन् । स्थानीय एव अनेरास्ववियू कञ्चनपुरका विद्यार्थी नेता दल बहादुर धामीले जंगल क्षेत्रबाट आएको जंगली बदेलले एक्कासी दुवै महिलामाथि आक्र्रमण गरेर भागेको बताए । दुवै जनाको महाकाली अस्पतालमा उपचार भईरहेको छ ।
‘बस्ती नजिकै जंगल छ, ‘उनले भने, ‘उस्तैपनि जंगल किनार क्षेत्रमा रहेका स्थानीय जनावरबाट हैरान छन, कहिले अन्नबाली सखाप पार्ने कहिले मानिसमाथि आक्र्रमण गरिरहेका छन ।’

पटक पटक जंगली जनावरबाट आक्र्रमण भईरहेका घटना देख्दादेख्दै सम्बन्धीत निकायको वेवास्ताले बेदकोट नगरबासी जोखिममा रहेको बताउदै उनले जंगली जनावरबाट बाँच्नका लागि तारबारको लगाउनुपर्नेमा जोडदिएका छन् । दुई महिनाको अवधिमा तीन ठाँउमा बदेलले आक्र्रमण गरेको छ । एक बर्ष अघि दुई ठाँउमा हात्तीले आक्र्रंमण गरेको छन । जंगली जनावरको आतङ्क रोक्ने काममा आउने बजेट कुल्याउने काम भईरहेको हुँदा जंगली जनावर बस्तीमै आएर उघुम मच्चाईरहेको स्थानीयको गुनासो छ ।

ताजा समाचार