कोरोना रोकथामका लागि भीमदत्त गरपालिका क्षेत्रका १३ स्थानमा हेण्डवास ट्याङकी जडान

कञ्चनपुर
कोरोना रोकथामका लागि कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रका १३ स्थानमा हेण्डवास ट्याङकी जडान गरिएको छ ।
निड्स नेपाल कञ्चनपुरले अक्सफाम एचबिसीसी परियोजना अन्र्तरगत भीमदत्त नगरपालिका क्षेत्रका १३ स्थानमा खुट्टाले चलाउने हेण्डवास स्टेशन निर्माण गरेको हो । भिडभाँड हुने स्थानमा संक्रमण फैलिने र त्यसबाट बाँच्नका लागि भन्दै हेण्डवास ट्याङकी जडान गरिएको निड्स नेपाल अक्सफाम एचबिसी परियोजना संयोजक प्रयागराज रेग्मीले बताए ।
संयोजक रेग्मीका अनुसार भीमदत्त नगरपालिका २, ९, १०, ११, १२, १३, १८ र १९ वडा ब्रम्हदेब बजार, स्वाथ्य चौकी क्षेत्र, पिपरैया झोलुङ्गे बजार लगायतका क्षेत्रमा जडान गरिएको छ । ‘अहिले वडा कार्यालयमा विभिन्न कामकाज बढेको छ, ‘संयोजक रेग्मीले भने, ‘मानिसहरु टाढाबाट आएका हुन्छन, उनीहरुको सरसफाईका लागि समेत ट्याङकी जडान गरेका छौँ ।’


हेण्डवास सहित खुट्टाले थिच्दा माथिबाट पानी आउँदा हात धुन समेत सहज भएको उनले बताए । हेण्डवास राखिएको स्थान वडा, बजार र स्वास्थ्य चौकीलाई हेण्डबास, सेनिटाईजर र फ्लोर किलिनर गरिएको समेत संयोजक रेग्मीले बताए । भीमदत्त नगरपालिका स्वास्थ्य शााखा प्रमुख नरेन्द्र राज जोशीले खुट्टाबाट चलाउने मेसिन भएकाले थप सुरक्षित हुने बताए । ‘यो आधुनिक तरिकाको ट्याङकी छ, ‘संयोजक जोशीले भने, ‘खुट्टाबाट संक्रमण बढ्ने कुरै भएन् ।’ जनप्रतिनिधीले समेत हेण्डवास ट्याङकीबाट सेवाग्राहीका लागि हातधुन सहज हुने बताए ।

भीमदत्त नगरपालिका ९का वडाध्यक्ष राम नाथले नयाँ प्रविधिबाट हात धुने स्टेशनबाट सबैले हात धुएर कार्यालय प्रवेस गर्ने बताए । भीमदत्त नगरपालिका १३ वडाध्यक्ष लाल बहादुर शाहीले कोरोना रोकथामका साथै व्यक्तिलाई सरसफाई गर्न सहज भएको बताए । निड्स नेपाल कञ्चनपुरका अध्यक्ष अञ्जु भट्ट(जोशी)ले महामारीबाट बाँच्न आफु सरसफाई रहदा जोखिम न्यूनिकरण हुने बताए । आगामी दिनमा समेत निड्सले महामारीबाट बाँच्नका लागि योजना ल्याउने बताए ।

ताजा समाचार