पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन

दिन प्रतिदिन कोरोना भाइरस संक्रमित थपिदै गएको समयमा भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको ८४ वर्षको उमेरमा निधन भएको छ । कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित समेत बनेका मुखर्जीको सोमबार नयाँ दिल्लीस्थित आर्मी आरआर अस्पतालमा निधन भएको हो ।
सोही अस्पतालमा उनले मस्तिष्कको सर्जरी पनि गरिएको थियो । गत मंगलबार देखि नै मुखर्जीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको हुँदा मंगलबार रात उनलाई भेन्टिलेटरको सहायतामा राखिएको थियो । उनका छोरा अभिजित मुखर्जीले सामाजिक सञ्जाल ट्विटरमार्फत् उनको निधन भएको पुष्टि गरेका हुन् । उनको सन् २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति थिए । उनी सन् २००९ देखि २०१२ सम्म रक्षामन्त्री र सन् २००४ देखि २००६ सम्म विदेशमन्त्री बनेका थिए ।

ताजा समाचार