वडा प्रहरी कार्यालयद्वारा ७५० लि. घरेलु मदिरा नष्ट

कञ्चनपुर

वडा प्रहरी कार्यालयले ७५० लिटर घरेलु मदिरा तथा कच्चा पदार्थ नष्ट गरेको छ । जसमा २५० लिटर मदिरा रहेको छ भने ५०० लि. मदिरा बनाउन चाहिने कञ्चा पदार्थ रहेको छ । वडा प्रहरी कार्यालय बाट खटिएकोे टोलीले वडा नं. ४ बसपार्क क्षेत्र बाट ५० लि. घरेलु मदिरा र वडा नं. १८ सालघारी बाट २५० लि. मदिरा तथा २५०लि. कञ्चा पदार्थ बरामद गरेको  थियो । उक्त बरामद भएको मदिरालाई खाल्टोमा हाली नष्ट गरिएको छ जनप्रतिनिधी र पत्रकारको उपस्थितीमा नष्ट गरिएको हो ।

वडा नं. ४ का वडा सदस्य शुशिल चन्द्र भट्टले यो सारै राम्रो कार्य भएको बताए । यसलाई निरन्तरतता दिनु पर्नेमा जोड दिएका छन् साथै यस्तो कार्यको लागि आफुले सहयोग गर्नु परे आफु सद्धैव तयार रहेको बताए त्यसैगरी वडा नं. १८ की वडा सदस्य कमला देवकोटाले पनि यस प्रकारको कार्य समाजको लागि नै राम्रो हनुको साथै सालघारीको त्यस क्षेत्रमा सुकुम्वासी टोलमा मदिरा बेचविखन हुने हुदा त्यसलाई रोक्नु पर्न बताईन ।

भीनपा–३को नौलाखेतमा अवेध रुपमा मोटरसाईकलमा ल्याईरहेको अवस्थमा १४प्याकेट वडा प्रहरीको टिमले पक्राउ गरेको थियो । उक्त सुक्ति पनि नष्ट गरेको छ ।

ताजा समाचार

This will close in 10 seconds