यातायात र शिक्षण संस्था भदौ मसान्तसम्म बन्द

आइतबार कोरोना महामारी दिनप्रतिदिन एका एक थपिदै गएपछि सरकारले लामो दूरीका यातायात साधन र शिक्षण संस्था आगामी भदौ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरसको संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि तत्कालका लागि सार्वजनिक यातायात नखोल्ने निर्णय गरेको हो । यसअघि सरकारले भदौ १५ गतेसम्म लामोदूरीका यातायात सञ्चालन नगर्ने निर्णय गरेको थियो ।

ताजा समाचार