विद्मुत प्राधिकरण महेन्द्रनगरलाई कांग्रेसको चेतावनी

महेन्द्रनगर

नेपाली कांग्रेस कञ्चनपुरले नेपाल विद्मुत प्राधिकरणले महेन्द्रनगर वितरण केन्द्रमा भईरहेको अव्यवस्था तथा वेथितिका सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको छ । आइतवार जिल्ला सभापति हरि प्रसाद बोहराले एक विज्ञप्ती जारी गर्दै विद्मुत प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रले चरम लापरबाही गर्दै जनता अन्यौलता र असहजता पैदा गरेको जनाएको हो ।
विश्व कोभिड–१९को महामारीको प्रभावबाट ग्रस्त रहेको बेला नेपालमा पनि त्यसको प्रभाव र जोखिम रहे संगै झन्डै ६ महिना यता देखि कोरोना महामारीको प्रभावका कारण रहेको बन्दाबन्दीको अवस्थाले सम्पुर्ण नागरीकको जिवन अत्यन्त कष्टकर हुदै गईरहेको सभापति बोहराद्वारा हस्ताक्षरीत विज्ञप्तीमा उल्लेख गरिएको छ ।

आर्थिक गतिविधिमा भईरहेको नकारात्मक असरले सर्वसाधारणको दैनिक जिवनयापन गर्न र हातमुख जोड्ने समस्या झन जटिल भईरहेको छ । बन्दाबनदीको कारण नागरीक आफ्नो कार्य स्थलमा आवत जावत गर्न पाईरहेका छैनन् । यस्तो अवस्थामा नेपाल विद्मुत प्राधिकरण वितरण केन्द्र महेन्द्रनगरबाट सेवाग्राहीलाई भईरहेको अमानविय कार्यले जन आक्रोस बढाउने कार्यमा मलजल गरिरहेको विज्ञप्तीमा जनाइएको छ । साथै बन्दाबन्दीको कारण देखाई सेवाग्राहीको घरमा नगई आफु खुसी मिटरमा हुदै नभएको अंक राख्ने, अझै उक्त अंकमा थप जरीवाना लिने जस्ता कार्यहरु निन्दनिय भएको कांग्रेसले जनाएको छ ।

अर्कोतर्फ महशुल बुझाउन जाने सेवाग्राहीको भिडभाडलाई विद्मुत प्रधिकरले व्यवस्थित गर्नु पर्नेमा सामाजिक दुरी समेत कायम नगरेको देखिदा जनमानसमा झन त्रासको वातावरण सिर्जना भएको छ । यस्तो अवस्थामा प्रधिकरणले नाफामुखी मात्र नभई सेवाग्रहिको पिरमार्कालाई दृष्टिगत गदै वर्तमान परिस्थितीमा विना जरिवाना सहज ढङगले महशुल बुझाउने वातावरण सृजना गर्न सचेत गराउनुका साथै त्यस्ता गतिविधीबाट सिर्जीत हुन सक्ने परिस्थितीको सम्पुर्ण जिम्मेवारी विद्युत प्रधिकरण महेन्द्रनगर वितरण केन्द्रले नै लिनु पर्ने चेतावनी समेत विज्ञप्ती मार्फत सूचित गरिएको छ ।

 

ताजा समाचार