कोरोना खर्चमा अनियमिता भएको भन्दै अख्तियारमा जाने तयारी

नेकपाद्धारा सर्वदलिय बैठक बहिष्कार

दोधारा

माहाकाली नगरपालिकामा बिगत झण्डै ३ साता देखि कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा गरिएको खर्चको बिबरण सार्वजनिक गर्न दवाब दिदै स्थानियहरु युवाहरु आन्दोलित हुदै आएका छन् । कोभिड १९ रोकथाम, नियन्त्रण तथा उपचारमा गरिएको खर्चमा अनियमिता भएको भन्दै स्थानिय तथा राजनितिककर्मीहरुले चाडै खर्च बिबरण सार्वजनिक गर्न दवाब दिदै आएका छन् । केही दिन अघि नेपाली काग्रेंस माहाकाली, नेकपा माहाकाली र स्थानियहरुले कोरोना भाईरस रोकथाममा अनियमिता भएको जनदवाब आएको भन्दै खर्च रकम सार्वजनिकरण गर्न माँग राख्दै ज्ञापन पत्र दिएको हो । आज पनि माहाकाली नगरपालिकालाई कार्यालयमा पुगी स्थानियहरुले जनप्रतिनिधीहरुलाई घेराउ गरेका हुन् । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा अनियमिता भएको भएको दाबी गर्दै जनप्रतिनिधीहरुलाई बैठकबाट बाहिर निस्कन भनेका थिए ।

आजै माहाकाली नगरपालिकाले सर्वदलिय बैठक डाकेर कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका खर्च सार्वजनिकरण गर्ने तयारीमा जुटेको हो । बैठकमा नेपाल कम्न्युष्टि पार्टी (नेकपा) माहाकालीले माहाकाली नगरपालिकामा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा गरिएको खर्चमा अनियमिता भएको ठहर गर्दै सर्वदलिय बैठक बहिष्कार गरेको छ् । बैठकमा पुगेका नेकपाका भरत भट्टले माहाकाली नगरपालिकामा भए गरेका कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा गरिउको खर्च अनियमिता भएको बताउदै आफ्नो पार्टीले सर्वदलिय बैठक बहिष्कार गरेको बताएका छन् । प्राथमिक स्वास्थ्य केन्द्र दोधाराको एक कक्षमा संचालन भएको सर्वदलिय बैठकमा माहाकाली नगरपालिका क्षेत्रमा गरिएका खर्चको बिबरण सार्वजनिक गरेका हुन् । माहाकाली नगरपालिका कार्यालयमा धर्नामा बसेका स्थानिय युवाहरुले आफुहरु बिगत केही दिन देखि खर्च बिबरण सार्वजनिक गर्न माँग गर्दै आएपनि माहाकाली नगरपालिकाका जनप्रतिनिधीहरुले खर्च बिबरण दिन नसकेको बताउदै स्थानिय युवा बिराट भट्टले हरेक शिर्षकका खर्चमा अनियमिता पाईएको बताएका छन् । माहाकाली नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणमा गरिएका भनिएका खर्चमा अपारदर्शी तथा अनियमिता भएको दाबी उनले गरेका छन् । आफुहरुले प्रत्येक क्वारेन्टाईनमा पुगेर बास्तविक बिबरण संकलन गरेको दाबी गर्दै भ्रष्टाचारमा संलग्न जोकोही भएपनि कानुनी प्रकृया अनुसार कार्वाहीको दायरामा ल्याउन संचारकर्मी समक्ष मा“ग राखेका छन् ।

यस्तै नेकपा माहाकालीका नगर सचिव भिम कुमालले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण खर्चमा भ्रष्टाचार भएको दाबी गर्दै अख्तिायारमा उजुरी दिने तयारी भएको बताएका छन् । ‘यत्रो दिन सम्म हामी नगरपालिकामा आएर खर्च रकमको हिसाव किताब मा“ग गर्दा पनि माहाकाली नगरपालिकाले जनताको आवाजलाई वेवास्ता गरेको छ् । अनियमिता पक्कै भएको छ् । हामी कानुनी उपचार तिर जान्छौ’ नेकपा माहाकालीका नगर सचिव भिम कुमालले भने । झण्डै एक सय भन्दा बढी आएको स्थानियहरुको भिडले कोरोना रोकथाम तथा उपचारमा गरिएको खर्चमा अनियमिता भएको भन्दै नाराबाजी गरेका थिए । यता माहाकाली नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणमा गरिएको खर्च सार्वजनिक गरेको छ । नगरपालिकाले आजै पत्रकार सम्मेलन गरी गत आर्थिक वर्षमा कोरोना नियन्त्रणमा गरिएको खर्च सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा सार्वजनिक खर्च अनुसार माहाकाली नगरपालिकाले कोरोना नियन्त्रणमा रु. दुई करोड ३४ लाख ८७ हजार खर्च गरेको छ ।

त्यसका लागी नगरपालिकालाई विभिन्न श्रोततबाट रु. २ करोड ४० लाख ७७ हजार रकम आएको थियो । नगरपालिकामा १० वडामा सबै भन्दा बढी रु. ५४ लाख ४३ हजार खर्च भएको छ । त्यसपछि क्वारेन्टाइन निर्माण र खाद्य सामाग्री खरिदमा खर्च गरिएको छ् । क्वारेन्टिन निर्माणमा रु. ४६ लाख २४ हजार र खाद्य सामाग्रीमा रु. ४३ लाख २७ हजार खर्च गरिएको छ् । त्यस्तै गरि ईन्धनमा रु. ५ लाख ५६ हजार, सूचनामा रु. ३५ हजार, क्वारेन्टाइन व्यवस्थापनमा रु. १० लाख ५७ हजार, स्वास्थ्य सुरक्षा सामाग्री खरिदमा रु. १५ लाख ३० हजार, आइसोलेसनमा रु. १६ लाख ६३ हजार, औषधीमा रु. ८९ हजार, आइसोलेसनका लागि औषधि खरिदमा रु. ४ लाख ९९ हजार, जोखिम भत्ता सहित खानामा रु. १३ लाख ८५ र सुरक्षा सामाग्रीमा रु. २४ लाख रु. १९ हजार खर्च गरिएको छ ।

पत्रकार सम्मेलनमा माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले कोरोना संक्रमण जोखिम बढेपछि नगरपालिका रोकथाममा सक्रिय रुपमा लागेको बताए । ‘माहाकाली नगरपालिका क्षेत्रको खुला नाकाबाट ७७ जिल्लाका मान्छे आए, जनप्रतिनिधी परिचालित भएकै हुन् । खर्चमा कुनै पनि प्रकारको अनियमिता भएको छैन्’ पत्रकार सम्मेलनमा माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले भने । कोरोना खर्चलाई दिएर नगरपालिकालाई बदमान हुने गरी प्रचार गरिएकोमा उनको भनाई रहेको छ् । ‘हामीले रु. २ करोड ४० लाख आम्दानी भनेका थियौ, खर्च रु. २ करोड ३४ लाख नै थियो, दुई करोड ४० लाख भनेर खर्च गरी जनतालाई उक्साउने काम भयो’ माहाकाली नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष ओमप्रकाश रोकायाले भने । माहाकाली नगरपालिकाका नगर प्रवक्ता दिल बहादुर सिजालीले कार्यक्रममा खर्च विवरण प्रस्तुत गरेका थिए । उपप्रमुख चिनी गिरी, वडा अध्यक्षहरु ज्ञानेन्द्र बहेक, ओमप्रकाश रोकाया, ऋखिराम थापा, नर बहादुर सुनार, भक्त बहादुर सुनार, कमलापति भट्ट, पुष्कर दत्त जोशी, प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त मिश्र लगायत कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा अधिकारी, गैर पत्रकार सहभागी भएका छन् । माहाकाली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिश्रले कार्यक्रम सञ्चालन गरेका थिए ।

ताजा समाचार