महेन्द्रनगर

जनबाहिनी नेपालका संयोजक शिरोमणी ओझाले आफ्नो जन्मदिनको अवसरमा अनाथ बालवालिकालाई शैक्षिक सामाग्री तथा फलफुल वितरण गरेका छन् ।
आईतबार संयोजक ओझाले आफ्नो २८ औँ जन्मदिनको अवसरमा कञ्चनपुरको महेन्द्रनगर स्थित महाकाली समाज कल्याण अञ्चल बाल अनाथालयका बालवालिकाहरुलाई शैक्षिक सामाग्री तथा फलफुल वितरण गरेका हुन् । पछिल्लो समय जन्मदिनमा ठुल–ठुला होटेलमा गएर धेरै पैशा खर्च गर्ने परिपाटी रहेका बेला आफुले नयाँ कामको थालनी गरेको संयोजक ओझाले बताए । संयोजक तथा समाजसेवी ओझाले निरन्तर यस्ता सामाजिक कार्य गर्दै आएका छन् ।
