भीनपा–१ का वडाध्यक्ष कुवँरको उद्धारले जोगियो बालिकाको अस्मिता

महेन्द्रनगर 

भीमदत्त नगरपालिका वडा नं. १ का अध्यक्ष आसेफ कुवँरले शुक्रवार एक बालिकाको उद्धार गरेका छन । कञ्चनपुरको बेदकोट नगरपालिका–५ की १३ वर्षिय पिंकी दमाईलाई यौन दुव्र्यवहार तथा बलात्कारको सम्भावित घटनाबाट उद्धार गरेका हुन् ।
भीनपा–१ को वडा कार्यालयबाट सय मिटरको दुरीमा रहेको खन्यामा ४÷५ जना लागु औषध प्रयोगकर्ता युवाहरुको चंगुलबाट ती १३ वर्षिय बालिकाको वडाध्यक्ष कुवँरले सकुसल उद्धार गरेका हुन । मानसिक स्थिती खलबलिएकी ती बालिकालाई वडाध्यले स्थानियको जानकारी पश्चात उद्धार गरेका हुन् ।

घटना
कञ्चनपुरको बेदकोट नगरपालिका–५ धरमपुरकी १३ वर्षिय बालिका पिंकी दमाई बिहानै घरबाट हराईन । खोलामा नुहाउन गएको भन्दै सौतेली आमाले हप्काउनुका साथै कुटपिट गरेपछि पिंकी त्यहाबाट भागीन र उनको भाग्ने क्रम बिहान देखि बेलुका सम्म निरन्तर रह्यो ।
मानसिक स्थिती सन्तुलन नभएकी पिंकी भागदा भाग्दै बेलुकी पख भीनपा–१ को खन्या खोलामा पुगिन । आधा बाटो देखि नै ४÷५ जना युवकहरुको समुह ती बालिकालाई पछ्याउदै आएको स्थानिय प्रत्यक्षदर्शीको कथन छ । आधाबाटो देखि नै पिछा गरिरहेका युवाहरु लागु औषध प्रयोगकर्ता थिए ।
शुक्रवार साझ ७ बजे ती बालिका ठिक खन्या खोलामा पुगिन् । बिच खोलामा ती बालिका थिएन भने, लागु औषध प्रयोगकर्ता युवक(ट्यापे) हरुको समुह खोलाको पारी डिलमा गाँजा र सुई लिदै हो–हल्ला गर्दै बालिका पिंकीलाई जिस्याउदै गरेको दृश्य भीनपा–१ की स्थानिय निर्मला तिरुवाले देखिन् ।
मानसिक सन्तुलन कमजोर भएकी ती बालिकालाई जिस्काउदै अपशब्द बोल्दै, गरेको गतिविधी देखे पछि स्थानिय निर्मलालाई यहाँ केहिन्, केहि घटना घट्ने संकेत मिल्यो । निर्मलाले ती बालिकालाई नियालिन र सोधपुछ गरिन् । बालिका आफ्नो गाउँर वडाकी नभएपछि, अनर्थको घटना घट्ने संकेत मिले पछि निर्मलाले भीनपा–१ कै वडा सदस्यलाई तत्काल खबर गरिन् ।
वडा सदस्यालाई खबर भएपछि, उनले वडाध्यक्ष आसेफ कुवँरलाई खबर गरिन् । त्यो ठाउँको दुश्य संगै वृतान्त बताइन् । वडाध्यक्ष कुवँर तुरुन्तै खन्या खोलामा पुगे । बालिकालाई सोध पुछ गरियो । उनी बेदकोट–५ धरमपुरको शिविर बस्तिकी बालिका रहेछिन् । पहिचान खुल्यो ।
लागु औषध प्रयोगकर्ता ट्यापेहरु बाघले शिकार ताके झै गरी ती बालिकालाई ताकेर बसिरहेकै थिए । वडाध्यक्ष कुवँर र त्यहा पुगेका स्थानियहरुले आवाज दिएपछि ती ट्यापेहरु त्यहाबाट भागे । ती बालिकालाई वडाध्यक्षले निर्मला तिरुवाको घरमा नै बास दिलाई, आज रातीको लागि हेर विचार गर्न आग्रह गरे ।

उद्धारको पक्ष
शुक्रवार बिहान साढे १० बजे भागेकी छोरी १÷२ घण्टा पछि आफ्नै घर फर्किहाल्छ भन्ने ठानेर पछाडी नलागेको बालिकाका बुवा गगन दमाई सुनाउछन् । ‘त्यो भन्दा पहिला पनि छोरी ६÷७ पटक सम्म घरबाट भागेकी हो । त्यो बेला २÷३ घण्टामै फेरी आफै घर आइहाल्थी । तर शुक्रवार भने बेलुका सम्म पनि छोरी घर आइन । हामी धेरै आत्तीयौं ।’ उनले भने ।
‘प्रहरीलाई पनि खबर गर्यौ । केही पत्तो लागेन् । छोरी घर नआएकै कुराले श्रीमती आशा र म बिच झगडा पनि भयो ।’ बालिकाका बुवा गगनले दुखेसो राखे । बालिकाको बुवाले सिसैया प्रहरी पोष्टलाई पनि छोरी हराएको जानकारी गराए । त्यो दिन कुनै अत्तोपत्तो नै भएन् ।
वडाध्यक्ष कुवँरले शनिवार बिहान नौलाको प्रहरी बिटका प्रमुख प्रहरी हवल्दार गणेश दत्त बडुलाई वडा कार्यालयमा नै बोलाएर ती बालिका पिंकीलाई घर सम्म पुर्याउने जिम्मा लगाए । हवल्दार बडुले ती बालिकालाई टेम्पोमा राखेर सिसैया प्रहरी बिटलाई पुझाउन खबर गरे । बालिका सुरक्षित टेम्पोमा सिसैया प्रहरी बिटमा पुगिन् । सिसैयाका प्रहरी हवल्दार चौधरीले ती बालिका हराएको खबर पाएका थिए ।
छोरी सिसैया प्रहरी पोष्टमा पुगेको खबर पाए पछि बुवा गगन आएर छोरीलाई घर लगे । अहिले बालिका घरमा सुरक्षित रहेकी छिन् । भीमदत्त–१ का वडाध्यक्ष आसेफ कुवँरको बिशेष पहलले ती बालिका पिंकी माथि हुन सक्ने दुव्र्यवहार तथा बलात्कारको सम्भावित घटना टरेको छ ।
यस्ता प्रकृतिका घटनाहरु बढ्दै गइरहेका छन् । सम्बन्धित निकाय र व्यक्तिको पहलले यस्ता किसिमका समस्याको समाधान गर्न सकिन्छ । युवाहरुमा बढ्दै गइरहेको लागु औषधको प्रयोग तथा दुव्र्यसनीका कारण जघन्य प्रकृतिका घटनाहरु निम्तिने गरेका छन् ।

ताजा समाचार

This will close in 10 seconds