दोधारा चाँदनीेमा राहत बितरण गर्दै डिसी युथ नेटवर्क

दोधारा 

माहाकाली नगरपालिकामा डिसी युथ नेटवर्कले राहत बितरण गरेको छ् । स्थानिय भिम कुमालको सहयोग र डिसी युथ नेटवर्कको सहकार्यमा आज माहाकाली नगरपालिका वडा नं. १० जना अतिविपन्न तथा गरिब घरपरिवारलाई राहत बितरण गरिएको डिसी युथ नेटवर्क माहाकालीका सदस्य मनकुमारी बुढाले जानकारी दिएका छन् । माहाकाली नगरपालिकाका वडा नं. ६ र ९ वडामा बसोबास गर्ने अतिविपन्न तथा गरिब घरपरिवारलाई प्रति घरधुरी १० केजी चामल, १ केजी दाल, १ लिटर खाने तेल, १ केजी नुन, १ केजी चिनी र १ सय ग्राम चियापत्ती बितरण गरिएको दस्य मनकुमारी बुढाले बताएका   छन् ।

कोरोना भाइरसको कारण लकडाउनको कारण रोजगारी गुमेपछि गरिब तथा अतिबिपन्न परिवारको घरमा चुल्हा जलाउन समस्यामा परेका परिवारलाई नेकपा माहाकालीका नगर सचिव तथा स्थानिय भिम कुमाल र डिसी युथ नेटवर्कको सहकार्यमा माहाकाली नगरपालिका वडा नं. ६ का अशिष थापा, संजय गुरुङ्ग, दिनेश गुरुङ्ग, देबी सुनार, अनिता सुनार, शंकर चन्द, सारु थापा, मोतिकला सुनार यस्तै वडा नं. ९ का करन रावत र सुके चदारोलाई राहत प्रदान गरिएको डिसी युथ नेटवर्कका संयोजक जिवन धामीले जनाएका छन् ।

गरिब घरपरिवारमा राहत पाएपछि उनिहरुको घरपरिवारमा खुशीयाली छाएको छ् । स्थानिय मोतिकला सुनार अनुसार खानाको लागी समस्या पर्दै आएको अवस्थामा भिम कुमालको सहयोग र डिसी युथ नेटवर्कको आयोजनामा बितरण गरेको खाद्यान्नले केही हद सम्मको लागी घरपरिवारमा सहजता ल्याएको बताएका छन् । माहाकाली नगरपालिका क्षेत्रमा कोभिड १९ को अवसर देखि सामाजिक काममा क्रियाशिल देखिदै आएका स्थानिय तथा नेकपा माहाकालीका नगर सचिव भिम कुमाललाई स्थानिय खुबै रुचाउन थालेका छन् ।

ताजा समाचार

This will close in 10 seconds