प्राथमिक स्वास्थ्य केन्द्र दोधारालाई डिसी युथ नेटवर्कले फर्निचर प्रदान गर्ने

दोधारा 

माहाकाली नगरपालिका स्थित रहेको डिसी युथ नेटवर्कले प्राथमिक स्वास्थ्य केन्द्र दोधारालाई फर्निचर सहयोग गर्ने भएको छ् । डिसी युथ नेटवर्क माहाकालीको आज बसेको बैठकले प्राथमिक स्वस्थ्य केन्द्र दोधारामा बिरामीको चा“प बढ्दै गएको कारण सामाजिक दुरी संग बस्न ब्यवस्था नभएको भन्दै २० थान कुर्ची प्रदान गर्ने भएको डिसी युथ नेटवर्कले जनाएको छ् । स्थानिय तथा नेकपा माहाकालीका नगर सचिव भिम कुमालको सहयोगमा डिसी युथ नेटवर्कले रु. १२ हजार बराबरको २० थान कुर्ची चाडै प्राथमिक स्वास्थ्य केन्द्र दोधारालाई हस्तनन्तरण गर्ने तयारी भईरहेको डिसी युथ नेटवर्क माहाकालीका सचिव बिनोद चौधरीले बताएका छन् ।

डिसी युथ नेटवर्कका सचिव चौधरी अनुसार भिम कुमालको सहयोगमा प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा स्वयम् सेवक परिचालन तथा बिरामीहरुका लागी फलफुल बितरण कार्य समेत गरिने तयारी भईरहेको छ् । ‘भिम कुमालजी संगको सहकार्यमा हामीहरुले प्राथमिक स्वास्थ्य केन्द्रलाई २० थान प्लाष्टिक कुर्ची तथा बिरामीहरुलाई फलफुल तथा स्वयम् सेवक परिचालन गर्ने तयारी सुरु गरेका छौं’ डिसी युथ नेटवर्क माहाकालीका सचिव बिनोद चौधरीले भने । डिसी युथ नेटवर्कले स्थानिय सामाजसेवी तथा नेकपा माहाकाली नगर सचिव भिम कुमाल संग सहकार्य गरि फर्निचर सहयोग तथा बिरामीलाई फलफुल बितरण गर्ने कार्यक्रम अघि सारेको हो ।

कोरोना भाइरस त्रास र माहाकाली नगरपालिकामा देखा परेको उच्च ज्वरोको कारण ज्यान थालेपछि प्राथमिक स्वास्थ्य केन्द्रमा आउने बिरामीको चाँप उच्च भएको कारण संक्रमणबाट जोगाउन तथा सामाजिक दुरीको लागी २० थान प्लाष्टिक कुर्ची प्रदान गर्ने तयारी भएको बताईएको छ् । आजै प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका डाक्टर गगन चौधरी संग भेट गरि स्वास्थ्य केन्द्रको अवस्था, उच्च ज्वरो बिरामीको बारेमा डिसी युथ नेटवर्क टोलीले जानकारी लिएको हो । डिसी युथ नेटवर्क टोलीले आज प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका डाक्टर गगन चौधरी संग भेट गरि स्वास्थ्य केन्द्रको अवस्था र आवश्यकता बारेमा जानकारी लिएको थियो । स्थानिय भिम कुमालले प्राथमिक स्वास्थ्य केन्द्रको अवस्थालाई ध्यानमा राख्दै डिसी युथ नेटवर्क संगको सहकार्य अनुसार आफुले सहयोग गरेको बताएका छ् ।

 

ताजा समाचार