शुक्लाफाँटा नगरपालिकाले बायोग्याँस निर्माणका लागि रु सात लाख विनियोजन

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले बायोग्याँस निर्माणमा अनुदान रकम उपलव्ध गराउन थालेको छ । दुई बर्ष देखि नगरपालिकाले निरन्तर रुपमा बायोग्याँस निर्माणका लागि अनुदान रकम उपलव्ध गराउदै आएको हो । नगरपालिकाले बायोग्याँस निर्माणका लागि रु सात लाख रकम विनियोजना गरी परिचालन गरेको छ । सौचालय सहित बायोग्याँस निर्माणका लागि नगरपालिकाले प्रति प्लान्ट रु २० हजार अनुदान रकम उपलव्ध गराउने व्यवस्था गरेको छ । यस बर्ष अनुदान रकमबाट १६ वटा बायोग्याँस प्लान्ट निर्माणको कार्य गरिएको छ ।

२५ वटा बायोग्याँस प्लान्ट निर्माण गर्ने लक्ष्य लिईएको नगरपालिकाको उर्जा शाखाका प्रमुख सुरेन्द्र भट्टले बताउनु भयो ।
गत आबमा नगरपालिकाले अनुदान रकम उपलव्ध गराई ४५ वटा बायोग्याँस प्लान्ट निर्माण गरेको थियो । गत बर्ष रु १४ हजार चार सयका दरले बायोग्याँस प्लान्ट निर्माण गर्नेलाई अनुदान रकम प्रदान गरिएको थियो ।

अनुदान रकममा बायोग्याँस प्लान्ट जडान गरिए पछि स्थानिय बासिन्दालाई दाउराको जोहो गर्ने झन्झट हटेर गएको छ ।
घरमै पालिएका चौपायाको गोवर दैनिक बायोग्याँस प्लान्टमा राखि दैनिक त्यस बाट आउने ग्याँस बाट खाना पकाउने कार्य स्थानिय बासिन्दाले गर्दै आएका छन ।बायोग्याँसबाट निष्केको मल खेतवारीमा हाल्न सकिने हुन्छ शाखा प्रमुख भट्टले भन्नु भयो, “जस बाट बालीनाली र तरकारी खेती गर्ने किसानले फायदा लिन सक्छन ।” दाउरा जस्तो गोवरग्याँसमा धुवाँ नआउने भएकाले समेत विगतमा गृहणी र बालबालीकामा देखिदै आएको स्वासप्रश्वासको समस्या समेत नहुने उहाँको भनाई छ । धेरै परिवारले अनुदान रकम लिएर र केही परिवारले आफनै नीजि खर्चमा समेत बायोग्याँस प्लान्ट संगै सौचालय बनाएका छन । बायोग्याँस प्लान्ट निर्माण गर्न कम्तीमा पनि रु ८० हजार बढी रकम खर्च हुने गरेको छ ।

ताजा समाचार

This will close in 10 seconds