लकडाउनका बेला ब्याजलाई साँवामा घटाउनुपर्ने माग

चन्द्रीका चौधरी / कञ्चनपुर

बेलौरीका लघु वित्तिय ऋणीहरुले विभिन्न १३ बुँदे माग अघि सारेर बेलौरी नगरपालिकालाई ज्ञापन पत्र बुझाएका छन् । शुक्रबार लघु वित्तिय पीडित संघर्ष समितिले नगरपालिका सहित लघु वित्तहरुलाई ज्ञापन पत्र बुझाएका हुन् । लघु वित्तिय पीडित संघर्ष समितिका संयोजक रिता नेपाली चर्को ब्याजदरका कारण घरबार बिहिन भएको बताउदै ब्याज घटाउनुपर्ने लगायतका माग अघि सारेर ज्ञापन पत्र बुझाएको बताईन् ।

लकडाउनका बेला संकलन भएको किस्ता, ब्याजलाई साँवामा घटाउनुपर्ने, ९प्रतिशत ब्याज राख्नुपर्ने, स्थानीय सरकारको अनुमति बिना खोलिएका संस्था बन्द गरिनुपर्ने, ऋणीको घरमा गएर दवाव दिन नहुने, घरबास जमिन भएकालाई लकडाउनको समयमा अशुल ऋण मिनाह, ऋण लिने व्यक्ति नै भागेपछि समुहले तिनुपर्ने ऋण खारेजी, ऋण चुक्ता गर्ने समय १० बर्ष राख्नुपर्ने, ऋणीको सिप योग्यता अनुसार ऋण दिनुपर्ने, लघु वित्तपनि बैकमा परिणत गरिनुपर्ने, ऋण दिदा जनप्रतिनिधीलाई रहोबरमा राख्नुपर्ने लगायतमा माग अघि सारेर नगरपालिकामा ज्ञापन पत्र बुझाईएको छ । चर्को ब्याजदरका कारण लघुवित्त पीडित मारमा परेको भन्दै संयोजक नेपालीले ब्याजदर घटाउनुका साथै सहुलियतमा जोडदिए । माग पुरा नभए आन्दोलनको चेतावनी दिएका छन् ।

ताजा समाचार