किसान संघ कञ्चनपुर द्वारा सरकार लाई ध्यानाकर्षण पत्र

कञ्चनपुर 

कञ्चनपुरका किसानले मलखाद अभावका कारण भोग्नुपरेको समस्या समाधान गर्न कृषि तथा पशुपन्छी बिकास मन्त्रालय ध्यानाकर्षण पत्र पठाएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत पत्र पठाएको संघका कोषाध्यक्ष नन्दलाल भट्टले बताए ।

सरकारले चाडै किसानलाई गुणस्तर युक्त बिउबिजनका साथै मलखादको ब्यवस्था गर्न माग राखेको छ । किसान संघका अध्यक्ष भैरव बहादुर ऐर लगायतको उपस्थितिमा ध्यानाकर्षण पत्र पठाएको कोषाध्यक्ष भट्टले बताउनुभयो ।

ताजा समाचार