पत्रकार गिरीले जन्मदिनमा अनाथ बालबालिकालाई खिर खुवाए

पहिलाद राना / कञ्चनपुरका

पत्रकार मदन गिरीले आफ्नो जन्मदिनको अवसर पारेर अनाथ बालबलिकालाई खिर खुवाएका छन् । बुधबार पत्रकार गिरीले कञ्चनपुरको भीमदत्त नगरपालिका ४ महेन्द्रनगर स्थित महाकाली बाल अञ्चल अनाथालयमा बस्दै आएका बालबालिकालाई खिर खुवाएका हुन् ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पस बिबिए ८औँ सेमेस्टरमा अध्ययनरत गिरी आर्थिक अभियान कञ्चनपुरका समाचारदाता हुन् । उनी देशपार्टी, सुदूरपश्चिम खबर डटकम अनलाईका साथै कञ्चन टुडेमा कार्यरत छन् । पत्रकार गिरीले जन्मदिनका अवसरमा फजुल खर्च गर्नुभन्दा अनाथ बालबालिकालाई खिर खुवाएर सद्भाव बाँडेको बताए । पत्रकार गिरीको समाजिक कार्यप्रति कञ्चनपुरका पत्रकार हर्षित भएका छन् ।

स्वतन्त्र पत्रकार संघ कञ्चनपुरका सचिव समेत रहेका पत्रकार गिरी पछिल्लो युवा पुस्ताका जुझारु पत्रकारका रुपमा गनिन्छन् ।

ताजा समाचार