बेलडाँडिमा गौरापर्वको उपलक्ष्यमा खुल्ला फुटबल प्रतियोगिताको आयोजना किन हुन सकेन?

कञ्चनपुर

खेलकुदको क्षेत्रमा युवालाई लक्षित गर्दै अलस्टार युवा क्लबले लामो समय देखी आयोजना गर्दै आएको खुल्ला फुटबल प्रतियोगिता जताततै आयोजना किन हुन सकेन भनेर युवा खेलाडिको फोन कल आएर प्रश्नको घेराभित्र रहेको यो समयमा विश्वव्यापी रुपमा फैलिएको कोराना भाइरसले गर्दा प्रभावित भएको छ। राष्ट्रिय खेलकुद परिषदको पत्राचार र नेपाल सरकारले मापदण्ड विपरीत नजाने भन्ने कुरा लाई विशेष ख्याल गर्दौ प्रतियोगिताको आयोजना गर्नमा स्थानीय निकाय र अलस्टार क्लबले कुनै मनसाय नरहेको हुँदा कोरोना न्यूनीकरण र नियन्त्रण भए संगै प्रतियोगिता आयोजना गरिने क्लबका अध्यक्ष चेत बहादुर शाहले बताए।

बेलडाँडिमा राष्ट्रका लागि खेलकुद ,स्वास्थ्यका लागि खेलकुद भन्ने मुलनाराका साथ विगतका वर्ष युवा वर्गलाई मध्यनजर गर्दै लामो समय देखि फुटबल प्रतियोगिताको आयोजना गर्दै आएको र अहिले एका-एक फैलिएको कोभिड-१९ कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि आफ्नो गाउँ ठाउँमा सामाजिक जनचेतनामूलक काम कार्यमा अग्रसर हुनु पर्ने समयमा कुनै खेलकुद गतिविधिका काम कार्य क्लबले नगर्ने अलस्टार युवा क्लबका सचीव लोक बहादुर बलायरले बताउनु भएको छ। विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना भाइरस दिनप्रतिदिन पुष्टि हुँदै गएको यो दु:खद समयमा कुनै किसिमका खेलकुद क्षेत्र देखि लिएर अन्य मेला हुने लगायतका काम कार्यहरु नगरिने र यस महामारीको रोकथाम र नियन्त्रण भए युवालाई मध्यनजर गर्दै पाई परेको खण्डमा विभिन्न खेलकुदको आयोजना गरिने र अहिले कुनै प्रतियोगिताको आयोजना भएन भनेर आफ्नो मनोबल कमजोर नपार्न खेलाडीलाई आग्रह गर्दछु । बेलडाँडी गाउँपालिका वडा न.१ का वडाध्यक्ष अमर बहादुर खत्रीले आग्रह समेत गरेका छन ।

गौरापर्वमा आयोजना हुने प्रतियोगिताको आयोजना होला र प्रतिस्पर्धा गर्नका लागि हम्मेहम्मे परेका युवा फुटबल खेलाडिका सपना कोरोनाले अधुरै पारेको र कहिले कोरोना जितेर आफ्नो खेलकुद गतिविधि तिर फट्को मार्न पाउने हो भनेर आसमा स्थानीय युवा खेलाडी पर्खाइमा रहेका छन्। दक्षिणी क्षेत्रमा भाद्र महिना गौरापर्व सुरुका साथ दिनप्रतिदिन फुटबलको रोनक चालू हुन्थ्यो । के अबका आउँदा दिनमा रौलेश्वर माध्यमिक विद्यालयको खेलकुद मैदानमा हिन्दुहरुको महान पर्व विजय दशमीको उपलक्ष्यमा बेलडाँडी खुल्ला फुटबलको प्रतियोगिता आयोजना हुन्छ हुदैन भनेर खेलाडी चिन्तित बनेका छन् । खेलकुद क्षेत्र लाई स्थानीय सरकार,प्रदेश सरकार र केन्द्रिय सरकारले समेत प्राथमिकतामा राख्नुका साथै युवालाई लक्षित गर्दै प्रशिक्षणको समेत व्यवस्थापन गर्नु पर्ने देखिन्छ । के यो कुरा लाई सम्बन्धित निकायले चासो देखाएर के सम्भव होला त? भन्ने कुरामा अन्योलमा छन खेलाडी।

ताजा समाचार

This will close in 10 seconds