एन्फाले ११ कोचिङ कोर्स सन्चालन गर्ने

]

२०/२१ को लागि विभिन्न कोचिङ कोर्सको मिति सार्वजनिक गरेको छ । एन्फाले मंगलबार विभिन्न ११ कोर्सको मिति सार्वजनिक गरेको छ । तर कोरोना महामारीको कारणले तोकिएको मिति हेरफेर हुन सक्ने हेड अप कोच एजुकेसनका सन्जिब सिंहले बताएका छन् । एन्फाले सञ्चालन गर्ने कोर्समा भाग लिनका लागि अनलाइन मार्फत आवेदन दिन सक्ने व्यवस्था गरेको जनाएको छ ।

विभिन्न कोर्स १५ सेप्टेम्वर २०२० बाट सुरु भएर २१ जुलाई २०२१ मा समापन हुनेछ । एन्फाले सार्वजनिक गरेको तालिका अनुसार एन्फा ग्रासरुट कोचिङ कोर्स १५ सेप्टेम्बरबाट दुई दिन सञ्चालन हुनेछ / त्यसपछि कम्युनिटी कोचिङ कोर्स (एन्फा डि लाइसेन्स) डिसेम्बर १५ बाट चार दिन चल्नेछ । एन्फाले त्यसका लागि ४ हजार रुपैयाँ शुल्क तोकिएको छ । कोर्सका लागि फुटबल खेलाडी हुनुपर्ने प्रावधान छ । एन्फा/एएफसी ‘सी’ लाइसेन्स कोचिङ कोर्स जनवरी १५ देखि ८ दिनसम्म सञ्चालन हुनेछ । यसका लागि ५ हजार रुपैयाँ शुल्क र एन्फा डि लाइसेन्स कोर्स पास भएको हुनुपर्नेछ ।

एन्फा/एएफसी ‘बी’ लाइसेन्स कोचिङ कोर्स जनवरी ५ देखि १२ दिनसम्म सञ्चालन हुनेछ । जसक लागि एएफसी ‘सी’ लाइसेन्स कोर्स पास गरेको हुनुपर्नेछ । त्यसका लागि शुल्क ७ हजार रुपैयाँ रहेको छ । एन्फा/एएफसी ‘ए’ लाइसेन्स कोर्स नोभेम्बर १ देखि सुरु हुनेछ । कोर्स १८ दिनसम्म सञ्चालन हुनेछ । जसका लागि एएफसी ‘बी’ लाइसेन्स पास भएको र शुल्क १० हजार रुपैयाँ बुझाउनुपर्नेछ । एन्फा एडभान्स युथ कोचिङ कोर्स ५ जनवरीबाट सुरु हुने बताइएको छ । कोर्स ६ दिनसम्म चल्नेछ । एएफसी ‘सी’ लाइसेन्स पास गरेकाले कोर्समा सहभागिता जनाउन पाउनेछन् । शुल्क १० हजार रुपैयाँ तोकिको छ । एएफसीको विशेष कोर्स अन्र्तगत एएफसी फिटनेस लेवल वान ‘ए’ कोचिङ कोर्स फेब्रुअरी १० बाट सञ्चालन हुनेछ । कोर्स ५ दिन सञ्चालन हुनेछ । एएफसी ‘सी’ लाइसेन्स पास गरेकाले कोर्समा सहभागिता जनाउन पाउनेछन् ।

एएफसी फिटनेस लेवल वान ‘बी’ कोचिङ कोर्स मार्च १० देखि सुरु हुनेछ । कोर्स ५ दिन सञ्चालन हुनेछ । एएफसी फिटनेस लेवल वान ‘ए’ कोचिङ कोर्स पसा गरेकाले यस कोर्समा सहभागिता जनाउन पाउनेछ । एएफसी गोलकिपिङ लेवल वान ए कोचिङ कोर्स जुन १० देखि तथा एएफसी गोलकिपिङ लेवल वान टु कोचिङ कोर्स डिसेम्वर १० देखि शुरु हुने छ । दुवै कोर्स ६ दिनसम्म सञ्चालन हुनेछ । एएफसी फुटसल लेभल वान कोचिङ कोर्स जुलाई १५ बाट शुरु हुनेछ । ६ दिने कोर्सका लागि फुटसल खेलाडी हुनुपर्ने योग्यता राखिएको छ ।

ताजा समाचार

This will close in 10 seconds