जहाँ हात्तीको आतंकले सुत्न पाईदैन्

दोधारा 

माहाकाली नगरपालिका–३ बल बहादुर सुनार रातीको समयमा चयनले सुत्न पाउदैनन् । दिन भरि काममा थाकेर आराम गर्नका लागि घर आउने बल बहादुर सुनार आराम गर्ने सपना करिब एक महिना दिन देखि पूरा भएको छैन । कारण एउटै हो, जंगली हात्तीको आतंक । माहाकाली नगरपालिका वडा नं. ३, बडवाल टोल भारतिय जंगल संग जोडिएको बस्तीमा दैनिकरुपमा रातीको समयमा निस्कने जंगली हात्तीको आतंकले हैरान मात्र नभई आजित भएका छन् । बडवाल टोलका लागि उनि एक उदाहरणका पात्र मात्र हुन् ।

उनि जस्ता करिब एक सय ८० घरधुरी स्थानीयवासीलाई दिनभरि काम गरेर राति आराम गर्ने बेलामा हात्ती धपाउनुपर्ने बाध्यता रहेको छ् । जंगली जनावरको आतंक र आक्रमणको त्रासका कारण रातभर जाग्राम बस्नु परेको बडवाल टोलका स्थानिय लक्ष्मी रानाको भनाई छ । हात्तीको बथान आएर घरमा तोडफोड गर्नुका साथै स्थानीयवासीको बाली र मौका परेको बेला मानवीय क्षति समेत गर्ने भएका कारण आफूहरु रातभर जाग्राम बस्न बाध्य भएको उनिहरु बताउछन् । नेपाल—भारत संग जोडिएको माहाकाली नगरपालिकाको बडवाल टोलमा भित्रिने दर्जनौ हात्तीको बथान धपाउन र वन्यजन्तुको आक्रमणबाट जोगिन रातभर जाग्राम बस्न बाध्य भएका लक्ष्मी क्षेत्रीले बताएका छन् । ‘बाली नाली भएको बेला रातभरी सुत्न पाईदैन’ स्थानीय लक्ष्मी क्षेत्रीले भनिन् । सोलार फेन्सीङको बिग्रीएपछि जंगली जनावर निर्बाधरुपमा बस्ती पस्ने गरेको र बस्तीमा आतंक मच्चाउने गरेको स्थानीय लक्ष्मी राना क्षेत्रीले बताएका छन् । मध्यरातमा आउने जंगली हात्तीका कारण आफूहरु ठुलो समस्यामा पर्दै आएको स्थानीयहरुको गुनासो छ । रातीको समयमा हात्तीले सुतेको नजिक आएर बितण्डा मच्चाउने गरेका कारण रातीको समयमा ज्यान जोगाउन समस्या भएको लक्ष्मी रानाको भनाई रहेको छ् ।

गएराती नजिकको भारतिय जंगलबाट ५ वटा हात्तीले बिर भण्डारी, लाल बहादुर राना क्षेत्री, राजु दमाई, लगाएत एकदर्जन स्थानियहरुको मकै र धान खेत खाएर तथा उधनेर नष्ट गरेको स्थानिय बल बहादुर सुनारले बताएका छन् । हात्तीबाट ज्यान जोगाउदा १८ वर्षिय चक्र सुतारलाई खुट्टामा चोट आएको माहाकाली नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष पुष्कर जोशीले बताएका छन् । रातीको समयमा हात्ती घर नजिक आउदा ज्यान जोगाउन भाग्ने क्रममा सुतारको चोट आएको वडा अध्यक्ष जोशीको भनाई रहेको छ् । बडवाल टोलमा सरकारले समस्या समाधान गर्न उदासीन देखाउदै आएको स्थानीयवासीले बताएका छन् । ‘सरकारले जनताको जिउ धनको सुरक्षाको ग्यारेन्टी लिनु पर्छ’ स्थानीय बल बहादुर सुनारले भने– ‘यहाँ त हामीलाई कतिबेला राती हात्तीले ज्यान लिने हो भन्ने हामीमा त्राश छाएको छ् ।’ गएराती राती ८ बजे बस्तीमा पसेको ५ वटा जंगली हात्तीको बिहान मात्रै जंगल फर्केको बताएका छन् । हात्तीले गाउ पसेर बाली खाने, कुल्चिदिने, नष्ट गरीदिने गरेको भएपनि त्यसलाई रोक्न सरोकारवालाले खासै ध्यान नदिएको उनिहरुको गुनासो छ ।

ताजा समाचार