दोधारा चाँदनीमा नेकपाले पनि माग्यो कोरोना रोकथामको हिसाव किताव

दोधारा 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माहाकालीले माहाकाली नगरपालिका संग कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा भएको खर्च तथा आर्थिक वर्ष २०७६/०७७ मा भए गरेका बिकास निमार्णको खर्चको बिबरण माँग गरेको छ् । आज माहाकाली नगरपालिका कार्यालयमा पुगी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माहाकालीका पदाधिकारीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा भएको खर्च तथा आर्थिक वर्ष २०७६/०७७ मा भए गरेका बिकास निमार्णको खर्चको बिबरण मा“ग गरेको हो ।

माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारलाई ज्ञापन पत्र बुझाउदै उक्त खर्चको बिबरण माँग गरिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माहाकालीका नगर अध्यक्ष किशोर कुमार लिम्बुले जानकारी दिएका छन् । ‘नेपालको संबिद्यान २०७२ अनुसार सुचनाको हक बमोजिम त्यस नगरपालिका कार्यालयबाट कोरोना रोकथाम नियन्त्रण र उपचारमा सार्वजनिक गरिएको खर्च बिबरण बारेमा यस नगरपालिकाबासीहरुले अनियमिता भएको भन्ने ब्यापक जनगुनासो आएको र हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गम्भिर ध्यानआकर्षण भएको छ् ।

त्य कार्यालयबाट सार्वजनिक गरिएको प्रथम चौमासिक खर्च बिबरणमा उल्लेख गरिएको शिर्षक अनुसार प्रत्येक शिर्षक अनुसार सो मा खर्च भएको रकमको सम्पुर्ण बिबरण खुलस्त हुने गरि खर्च बिबरण र क्वारेन्जटाईनमा तयार पारिएको खर्च सम्बन्धी फाईलहरुको प्रतिलिपीका साथै आर्थिक वर्ष २०७६/०७७ मा यस नगरपालिका अन्तर्गत गरिएको बिकास निमार्ण सम्बन्धी खर्च बिबरण र नगरपालिकाको सम्पुर्ण खर्च बिबरण खुलस्त पारी उपलब्ध गराईदिन हुन अनुरोध गरिन्छ्’ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माहाकालीका अध्यक्ष किशोरकुमार लिम्बु हस्ताक्षरित ज्ञापन पत्रमा उल्लेख गरिएको छ् ।

यस अघि स्थानिय युवाहरु तथा नेपाली काग्रेंस माहाकाली नगर कार्य समितिले समेत कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा भएको खर्च तथा आर्थिक वर्ष २०७६/०७७ हिसाव किताब माँग गर्दै आएका हुन् । माहाकाली नगरपालिकाका जनप्रतिनिधीहरुले कोरोना भँइरस रोकथाम तथा नियन्त्रण कार्यमा अनियमिता नभएको भन्दै एक साता भित्र सम्पुर्ण हिसाव किताब सार्वजनिक गर्ने प्रतिबद्धता जाहेर गरेको हो ।

ताजा समाचार