सुन्दरनगरमा युवकमाथि मरणाशन्न गरि कुटपिट गर्ने उच्छृङगल समुहले राष्ट्रसेवकमाथि पनि आक्र्रमण

खडक रावल / कञ्चनपुर
कञ्चनपुरको महाकाली नगरपालिका ८ सुन्दरनगरका युवक गणेश खत्रीमाथि मरणाशन्न हुने हिसाबले कुटपिट गर्ने उच्छृङगल समुहले राष्ट्रसेवक प्रह्रीमाथि कुटपिट गरेका छन् । सोमबार गणेश खत्रीमाथि शिव सुनार, प्रेम सुनार, अनिल सुनार र राजेश सुनारले मरणासन्न गरि कुटपिट गरेका थिए ।
झगडा छुट्याउन गएका प्रहरी सहायक निरीक्षक दान सिह धामी प्रहरी हवल्दारमाथि उल्टै जाईलागि कुटपिट गरेका थिए । चोर चोरीको विषयमा उनीहरुविच कुटपिट गरिएको जनाईएको छ । युवक खत्री र प्रहरीमाथि कुटपिट गर्ने चारै जनालाई पक्राउ गरिएको छ ।

ताजा समाचार