नेपाल स्वयंसेवक संघको नयाँ केन्द्रीय नेतृत्वको जिम्मेवारीमा पौडेल

नेपाल स्वयंसेवक संघको नयाँ केन्द्रीय नेतृत्वले पुर्णता पाएको छ । सामाजिक क्षेत्रमा काम गर्ने युवाहरुको साझा संगठन नेपाल स्वयंसेवक संघको नयाँ केन्द्रीय नेतृत्वको जिम्मेवारी खेमराज पौडेलले पाएका छन् ।

देशभर सञ्जाल रहेको नेपाल स्वयंसेवक संघको केन्द्रिय अध्यक्षमा खेमराज पौडेलले जिम्मेवारी पाएका छन । वरिष्ठ उपाध्यक्ष रामु बेलबासे, महिला उपाध्यक्ष सरस्वती बस्याल, महासचिव स्वतन्त्र राष्ट्रिय अभियान नेपालका केन्द्रीय संगठन विभाग संयोजक समेत रहनु भएका सन्तोष अधिकारी, महिला सचिव चन्दा पौडेल, कोषाध्यक्ष रवीन्द्र पौडेल र सदस्यहरु क्रमशः सुनिता परियार, विष्णु पौडेल, सुशील खत्री चयन हुनुका साथै नयाँ नेत्रित्वको जिम्वेवारी पाउनु भएको छ । नेपाल स्वयंसेवक संघ सुदूरपश्चिम प्रदेश अध्यक्ष को जिम्मेवारी नवीन थापालाई दिएको छ।

सुदूरपश्चिम प्रदेशको महासचिवको जिम्मेवारी नरेन्द्र सिंह बोहरा ,सचीवमा एवन क्षेत्री,सदस्यमा मीन बहादुर शाह र नेपाल स्वयंसेवक संघ प्रचारप्रसार संगठनकाे सुदुरपश्चिम प्रदेश अध्यक्षमा निराजन परियार लाई चयन गरिएको अध्यक्ष थापाले बताएका छन् । उनका अनुसार यसरी सुदूरपश्चिमका ९ वटा जिल्लामा कञ्चनपुर ,बैतडीमा जिल्ला कमिटी गठनको काम सकिएको छ ।

अन्य जिल्लाहरुमा जिल्ला कमिटी गठनको काम तिब्रताका साथ अगाडि बढाइने छ। आगामी दिनमा समाजका हरेक क्षेत्रमा आफ्नो गाउँ ठाउँको स्तर उन्नति बिकासका लागि र समाज परिवर्तन गर्न युवा लाई लक्षित गरि अगाडि बढ्ने हो ।  सम्भव नहुने कुरा केही पनि छैन । त्यसैले देशभर सामाजिक सेवाका लागि गठन भएको संस्थाले नयाँ जिम्मेवारी पाएको छ भने अव नयाँ शाहसको साथमा सामाजिक तथा युवाहरुको नेतृत्वका सामाजिक कार्य अगाडि बढाउनका लागि संस्थाले काम गर्ने का साथै आउँदा दिनमा युवाको लागि क्षमता बिकास र समाजसेवाका लागि यस्ता संगठनको भूमिका उल्लेखनीय रहने छ।

ताजा समाचार

This will close in 10 seconds