कोरोना नियन्त्रणमा गरिएको खर्चमा अनियमितता भएको छैन्

माहाकाली नगरपालिकाले कोरोना नियन्त्रणका लागि भएको खर्चमा कुनै अनियमिता नभएको जिकिर गरेका छन् । कोरोना भाइरस संक्रमण तथा रोकथामको खर्च सार्वजनिक नहुदै कार्यालयका कर्मचारीबाट खर्च बिबरण संचार माध्यममा सार्वजनिक भएको कारण अनियमिताको हल्ला चुलिएको बताईएको छ् । कोभिड १९ रोकथाम तथा नियन्त्रणको बेला माहाकाली नगरपालिका तथा अन्यपालिकाका नेपाली नागरिक आउदा उनिहरुलाई खान तथा बस्न तथा यातायात गर्दा अन्य पालिका भन्दा बढी लागेको पक्का भएको माहाकाली नगरपालिकाले आफ्नो बिज्ञप्ती मार्फत जनाएको छ् । र्यापीड टेष्ट पोजिटिभ पछि उनिहरुलाई खान तथा बस्नको ब्यवस्था माहाकाली नगरपालिकाले खर्च गरिएको तथा माहाकाली नगरपालिकाका स्थित रहेको निजी तथा सामुदायिक बिद्यालयहरुलाई क्वारेन्टाईनमा निमार्ण गरिएको हो । कतिपय बिद्यालयमा बिद्युत सेवा बिस्तार नभएको अवस्था समेत थियो । खानेपानी, शौचालय, पंखा लगाएत उनिहरुलाई बिछ्याउने तथा ओड्ने ब्यवस्था समेत गरिएको हो । भारतबाट कोरोना भाइरस संक्रमणको कारण रोजगारी गुमेर आएका माहाकाली नगरपालिका स्थानिय झण्डै ५ हजार बढी रहे भने अन्यपालिकाका हजारौ नेपाली नागरिकहरु माहाकाली नगरपालिकाका खुला सिमा क्षेत्रमा आएका दशगजा क्षेत्रमा खान र बस्न माहाकाली नगरपालिका र स्थानियहरुले गरकै हुन् । केही व्यक्तिहरुले राजनितिक पुर्वाग्रही भएर सरकारमा रहेकाहरुलाई बदनाम गर्नुपर्छ भन्ने मनसाय हुन सक्ने मनसाय हुनुक्ने जनप्रतिनिधीको ठहर छ् । कार्यपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा भए गरेका खर्च सार्वजनिक गर्ने निर्णय गरेकै छैन् । माहाकाली नगरपालिकाले एक साता भित्र कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागी माहाकाली नगरपालिका कार्यालयले गरेको खर्च बिबरण सार्वजनिक गर्ने प्रतिबद्धता जाहेर गरिसकेको छ् । माहाकाली नगरपालिकामा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा अनियमिता भएको हल्ला निराधार भएको भन्दै आफुहरुले खर्च बिबरण छानबिन गर्दै गरेको भन्दै दोषी पाईएमा कडा भन्दा कडा कार्वाहीको भागीदारी हुने पक्का भएको जनप्रतिनिधीहरुले बताउदै आएका छन् । यस क्रममा माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजाली संग पत्रकार पप्पु गुरुङ्ग संग गरिएको कुराकानीको संक्षिप्तरुप यस प्रकार छ् ।

‘माहाकाली नगरपालिकामा कोरोना भाईरस कोभिड–१९ रोगको संक्रमणलाई फैलिन नदिन गरेका क्रियाकलापहरु तथा त्यसमा लागेका खर्चको विषयमा विभिन्न संचार माध्यम तथा सामाजिक संजालहरुमा उठेका जिज्ञाशाहरुको सम्बन्धमा केही कुराहरु प्रष्ट गर्न चाहान्छु । सर्बप्रथम विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण रोकथामका लागि नेपाल सरकारले देश भरी नै मिति २०७६ चैत्र १० गते देखि लकडाउनको घोषणा गर्यो तर माहाकाली नगरपालिकाको मिति २०७६ चैत्र ०९ गतेका दिनमानै पालिकामा अत्यावश्यक कामकाजहरु बाहेक अन्य कामकाज बन्द गर्ने निर्णय गरेको थियो । त्यस लगत्तै पालिकाले नेपाल सरकारले जारी गरेको निर्देशिका बमोजिम पालिका स्तरीय र वडा स्तरीय कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रण समिति गठन गरी कोरोना भाईरस सम्बन्धि जनचेतना अभिबृद्धि गर्ने, पर्चा पम्पलेटिङ गर्ने, मास्क, प्रत्येक घरमा साबुन वितरण र लकडाउनको कारणले अफ्ठयारोमा परेका अति विपन्न घरपरिवारलाई राहत वितरण लगायतका कार्यहरु सम्पन्न गरेको थियो ।

सर्बप्रथम सबैलाई थाहा भएकै कुरा हो कि, माहाकाली नगरपालिका भारतको सिमाना संग जोडिएको नगरपालिका हो । यस नगरपालिकामा करीब ३० देखि ३५ किलोमिटर सम्म खुल्ला सिमाना रहेको छ र यहा कयौ खुला नाकाहरु रहेको र जुनसुकै स्थानबाट पनि भारतबाट आएका नेपाली नागरिकहरु सहज रुपमा नेपाल प्रबेश गर्न सकिने अवस्था छ । विगत चैत्र १० गते देखि सरकारले देशव्यापी रुपमा लकडाउन गरेपछि माहाकाली नगरपालिकाको खुला सिमाना प्रयोग गरेर यस पालिका र अन्य पालिकाका नागरिकहरु अबैध रुपमा भित्रिने क्रम बढे संगै लकडाउनको अवधिमा करीब २० देखि २५ हजार नेपाली नागरिकहरु यहाको खुला नाका प्रयोग गरेर भित्रिएका छन् । नेपाल सरकार र भारत सरकार बिच भएको आपसी समझदारी अनुसार जति पनि नेपाली नागरिकहरु भारतमा छन् तिनीहरुलाई भारतमै रोक्ने र तिनीहरुको सबै बन्दोबस्त भारत सरकारले गर्ने र नेपालमा रहेका भारतिय नागरिकहरु नेपालमै रोक्ने र तिनीहरुको बन्दोबस्त नेपालले गर्ने साथै नेपाल भारतको सिमानामा आवतजावत पूर्ण रुपले बन्द गर्ने भन्ने सहमती बमोजिम सिमा नाका बन्द भएको अवस्थामा भारतमा रहेका नेपालीहरुलाई नेपालमा आउन दिनु पर्यो भन्दै लकडाउनको बेलामा समेत बेला बेलामा यस पालिकामा नागरिकहरु आन्दोलनरत रहेको कुरा सबैमा सर्व विदितै छ् ।

‘माहाकाली नगरपालिकामा कोरोना भाईरस कोभिड–१९ रोगको संक्रमणलाई फैलिन नदिन गरेका क्रियाकलापहरु तथा त्यसमा लागेका खर्चको विषयमा विभिन्न संचार माध्यम तथा सामाजिक संजालहरुमा उठेका जिज्ञाशाहरुको सम्बन्धमा केही कुराहरु प्रष्ट गर्न चाहान्छु । सर्बप्रथम विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण रोकथामका लागि नेपाल सरकारले देश भरी नै मिति २०७६ चैत्र १० गते देखि लकडाउनको घोषणा गर्यो तर माहाकाली नगरपालिकाको मिति २०७६ चैत्र ०९ गतेका दिनमानै पालिकामा अत्यावश्यक कामकाजहरु बाहेक अन्य कामकाज बन्द गर्ने निर्णय गरेको थियो । त्यस लगत्तै पालिकाले नेपाल सरकारले जारी गरेको निर्देशिका बमोजिम पालिका स्तरीय र वडा स्तरीय कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रण समिति गठन गरी कोरोना भाईरस सम्बन्धि जनचेतना अभिबृद्धि गर्ने, पर्चा पम्पलेटिङ गर्ने, मास्क, प्रत्येक घरमा साबुन वितरण र लकडाउनको कारणले अफ्ठयारोमा परेका अति विपन्न घरपरिवारलाई राहत वितरण लगायतका कार्यहरु सम्पन्न गरेको थियो ।

सर्बप्रथम सबैलाई थाहा भएकै कुरा हो कि, माहाकाली नगरपालिका भारतको सिमाना संग जोडिएको नगरपालिका हो । यस नगरपालिकामा करीब ३० देखि ३५ किलोमिटर सम्म खुल्ला सिमाना रहेको छ र यहा कयौ खुला नाकाहरु रहेको र जुनसुकै स्थानबाट पनि भारतबाट आएका नेपाली नागरिकहरु सहज रुपमा नेपाल प्रबेश गर्न सकिने अवस्था छ । विगत चैत्र १० गते देखि सरकारले देशव्यापी रुपमा लकडाउन गरेपछि माहाकाली नगरपालिकाको खुला सिमाना प्रयोग गरेर यस पालिका र अन्य पालिकाका नागरिकहरु अबैध रुपमा भित्रिने क्रम बढे संगै लकडाउनको अवधिमा करीब २० देखि २५ हजार नेपाली नागरिकहरु यहाको खुला नाका प्रयोग गरेर भित्रिएका छन् । नेपाल सरकार र भारत सरकार बिच भएको आपसी समझदारी अनुसार जति पनि नेपाली नागरिकहरु भारतमा छन् तिनीहरुलाई भारतमै रोक्ने र तिनीहरुको सबै बन्दोबस्त भारत सरकारले गर्ने र नेपालमा रहेका भारतिय नागरिकहरु नेपालमै रोक्ने र तिनीहरुको बन्दोबस्त नेपालले गर्ने साथै नेपाल भारतको सिमानामा आवतजावत पूर्ण रुपले बन्द गर्ने भन्ने सहमती बमोजिम सिमा नाका बन्द भएको अवस्थामा भारतमा रहेका नेपालीहरुलाई नेपालमा आउन दिनु पर्यो भन्दै लकडाउनको बेलामा समेत बेला बेलामा यस पालिकामा नागरिकहरु आन्दोलनरत रहेको कुरा सबैमा सर्व विदितै छ् । त्यसपश्चात पनि माहाकाली नगरपालिकाको खुला नाका प्रयोग गरेर यस पालिका र अन्य पालिकाका नागरिकहरु भित्रिदा उनीहरुको खाना बस्न व्यवस्था लगायत उद्दार गरेर सम्बन्धित पालिका सम्म पुर्याउने दायित्व पनि माहाकाली नगरपालिकामा आईपर्यो । यस पालिकाका नागरिकहरुलाई यस पालिका भित्र रहेका विभिन्न सरकारी र निजी विद्यालय र सामुदायिक भवनहरुमा गरी ३३ वटा क्वारेन्टीन खडा गरी व्यवस्थापन गरेको थियो त्यति मात्र नभएर कतिपय विद्यालयहरुमा क्षमता भन्दा बढी संख्यामा राख्नु पर्ने भएकोले अस्थायी रुपमा टेण्ट टाँगेर समेत व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको, विद्यालयमा पंखा, मोटर, बल्ब, वाईरिङ गर्नु पर्ने, चर्पी निर्माण तथा सरसफाई लगायतका कामहरु गर्नुपर्ने अवस्था सबैमा जानकारी भएको विषय हो । त्यसका साथै अन्य पालिकाका नागरीकहरुलाई दशगजा क्षेत्रबाट गड्डा चौकी सम्म पुर्याउन र यस पालिकाका नागरिकहरुलाई विभिन्न क्वारेन्टाईनहरु सम्म पुर्याउन साथै नेपालका त्रिनगर भन्सार, रुपहडिया भन्सार र गड्डाचौकी भन्सारबाट भित्रिएका यस पालिकाका नागरिकहरुलाई ओसार पसारका लागि पालिकामा रहेको सवारी साधन प्रयाप्त नभएकोले बाहिरबाट भाँडामा समेत सवारी साधन लिनुपर्ने अवस्था रहेको समेत सबैमा जानकारी नै छ् ।

पालिका भित्र खडा गरिएका क्वारेन्टाईनमा बसेका प्रत्येक व्यक्तिलाई ओढ्ने ओछ्याउने व्यवस्था, मास्क सेनिटाईजर लगायत क्वारेन्टाईनमा सरसफाईको व्यवस्था, क्वारेन्टीनमा स्वयम् सेवक परिचालन, नेपाल प्रहरी, शशस्त्र प्रहरी र स्वास्थ्यकर्मीहरुलाई ईन्धनको व्यवस्था, हेल्थडेष्कमा खटीएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई खाजाको व्यवस्था, स्वाथ्यकर्मीहरुलाई जोखिम भत्ता, स्वास्थ्य केन्द्रमा औषधी लगाएत, स्वास्थ्य सामाग्रीको व्यवस्था, आरडिटी किट, भिटिएम बक्स, पीपीई सेट, मास्क, ग्लोब्स, सेनीटाईजर लगायतका स्वास्थ्य सामाग्रीहरु खरीद, आरडीटी पोजिटिव देखिएकाहरुलाई विभिन्न स्थानमा खडा गरिएका आईसोलेशनमा राख्दा उनीहरुलाई खाना नास्ता, व्यक्तिगत सरसफाईका सामाग्रीहरु, ओढ्ने ओछ्याउने, स्वास्थ्य जाँचका लागि स्वास्थ्यकर्मी व्यवस्थापन, एम्बुलेन्स सेवाको व्यवस्था, आईसोलेशनमा बेड र अन्य सामाग्री खरीद लगायतका कार्यहरु भएका छन् ।

अन्तमा यस पालिकाका विभिन्न रानितिक दल र सचेत नागरीकले कोरोना भाईरस रोकथाम तथा नियन्त्रण सम्बन्धमा भएको खर्चको विषयमा पालिकामा दिएको ज्ञापन र विभिन्न व्यक्तिहरुले सामाजिक संजालमा उठाएका सवालहरुको माहाकाली नगरपालिका हार्दिक स्वागत गर्दछ र उक्त विषयमा कही कतै कुनै कर्मचारी होस वा जनप्रतिनिधिले कही कतैबाट भ्रष्टाचार भएको पुष्टी हुन गएमा निजलाई कडा भन्दा कडा कारवाही गराउनु सबैको दायित्व हो तर सुचना पाउनु संविधान प्रदत्त अधिकार हो र सुचना दिनु सम्बन्धित कार्यालयको दायित्व हो तर विषयबस्तुलाई अतिरंजित गराएर पूर्वाग्राही ढंगले कपोकल्पित र भ्रामक रुपमा कुनै व्यक्ति वा संस्थालाई बदनामी गर्ने गरी जताभावी सुचना प्रवाह गर्नु भन्दा पनि विषयबस्तुको वास्तविकतामा गई सत्य तथ्य के हो बुझेर मात्र सुचना सम्प्रेषण गर्न हुन सबैमा हार्दिक अपिल गर्दछु ।’ मात्र सुचना सम्प्रेषण गर्न हुन सबैमा हार्दिक अपिल गर्दछु ।’

ताजा समाचार

This will close in 10 seconds