शस्त्र प्रहरीद्धारा ४ लाख मुल्य बराबरको अबैध सामग्री बरामद, सिमा क्षेत्रमा थप कसिलो

दोधारा 

सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट बैलबन्दले माहाकाली नगर क्षेत्रको सिमा क्षेत्रबाट नेपाल भित्र्याउदै गरेको अवस्थामा झण्डै रु. ४ लाख बराबरको अबैध समान बरामद गरेको छ् । माहाकाली नगरपालिकामा भइरहेको तस्कहरुको योजना सशस्त्र प्रहरी बिफल गर्दै आएको छ् । सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट बैलबन्दले माहाकाली नगरपालिकाकाको नेपाल–भारत सिमा संग जोडिएको क्षेत्रहरुबाट २ वटा भारतिय नम्वर प्लेटको मोटरसाईकल, चिनी, कुखुराको चल्ला, हार्डवेयरका समान तथा किराना पसलका समान बरामद गरेको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट बैलबन्दका प्रहरी निरिक्षक अर्जुन कुँवरले जानकारी दिएका छन् । उक्त बरामदको गरिएको अबैध समानको मुल्य झण्डै रु. ४ लाख बताईएको छ् ।

बरामद अबैध समानलाई आजै भन्सार कार्यालय गड्डा चौक पठाईएको छ भने कुखुराका चल्लालाई जनप्रतिनिधी र स्थानियहरुको रोहवरमा नष्ट गरिएको छ् । विश्वभर महामारीका रुपमा देखिएको कोरोनाको संक्रमणलाई थप फैलिन नदिन नेपाल–भारत सिमा सिल गरेपनि माहाकाली नगरपालिका क्षेत्रमा तस्करहरुले आफ्नो गतिबिधी बढाउन थालेपछि सिमा क्षेत्रमा खटिआएका सशस्त्र प्रहरीले एकपछि अर्को अबैध समान बरामद गर्दै सफलता हात पार्न थालेको छ् । माहाकाली नगरपालिका क्षेत्रमा हालै स्थापना भएको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्टले छोटो समयमा थुप्रै अबैध समान बरामद गरि भन्सार पठाएको छ् । माहाकाली नगरपालिका क्षेत्रको नेपाल–भारत सिमा क्ष्ँेत्रमा हरेक अबैध गतिबिधी नियन्त्रण तथा रोकथाममा सशस्त्र प्रहरीले सिमा क्षेत्र कसिलो बनाउन थालेपछि तस्करहरुको मानोवल कमजोर हुदै गएको छ् ।

भौगोलिक कारण सिमा क्षेत्रमा गस्ती संचालन संग अबैध समान नियन्त्रण तथा रोकथाम गर्न असजिलो पर्दै आएपनि सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट बैलबन्दले सिमा क्षेत्रमा हुने तस्करी, अपराधिक गतिबिधीलाई रोक्न सफल हुदै आएको स्थानिहरुले बताएका छन् । सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट बैलबन्द स्थापना संग प्रहरी निरिक्षकको रुपमा अर्जुन कुँवरको कमाण्डकै कारण उक्त क्षेत्रमा अपराधिक गतिबिधीमा कमी आएको स्थानियहरुको ठहर छ् । माहाकाली नगर क्षेत्रमा रहेको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्टले बिगतका तुलनामा तस्करी नियन्त्रणमा सफलता प्राप्त गर्दै आएको बताईएको छ् । सशस्त्र प्रहरीले सिमा क्षेत्रमा थप कडाई गर्न थालेपछि तस्करहरु पलायन हुदै आएको स्थानियहरुले बताएका छन् ।

ताजा समाचार

This will close in 10 seconds