दुई राजमार्ग क्षेत्रका गाँउ जोड्ने सडक कालोपत्रे हुने

पहिलाद राना
कञ्चनपुरको उत्तरी महेन्द्रराजमार्ग देखि दक्षिण भेग हुलाकी राजमार्ग क्षेत्र जोड्ने क्षेत्रीय सडकको स्तरोन्नती हुने भएको छ । सुदूरपश्चिम प्रदेश सरकार मातहत रहेको पुर्वाधार विकास कार्यालय मार्फत उक्त सडक कालोपत्रे हुने भएको हो ।
वाणि–देखतभूली–जाईप्रसिया नन्दगाउँ कञ्ज हुँदै विकासबस्ती जोड्ने सडक कालोपत्रे हुने भएको छ ।

चालु आर्थिक बर्ष २०७७/०७८मा उक्त सडक कालापेत्रका लागि ठेक्का भएको छ । लालझाडीका स्थानीय नरेश रानाले ५किलोमिटर सडक कालोपत्रेका लागि ७ करोड बराबरमा ठेक्का भएको बताए । १२ मिटर चौडाई ६ मिटर सडक कालोपत्रे हुने छ । उक्त सडक कालोपत्रेका लागि सर्वे शुरु गरिएको छ । लालझाडी गाउँपालिका ४ देखि नन्दगाउँसम्म सर्वे गरिन लागिएको हो । पुर्वाधार विकास कार्यालयका ईन्जिनियर खेमराज भट्टको टोलीले सर्वे गरिरहेका छन् ।

नेकपा कञ्चनपुरका अध्यक्ष बीर ब. थापा(पातल) सुप प्रदेश सभा सदस्य तारालामा तामाङ्ग, लालझाडी गाउँपालिका मदन सेन बडायक लगायतका नेता तथा जनतिनिधीले उक्त सडकको अनुगमन गर्दै समयमै काम सम्पन्न गर्न सम्बन्धीत पक्षलाई निर्देशन दिएका छन् । सो सडक विस्तारसंगै स्थानीयलाई आवत जावत गर्न सहज हुनेछ ।

ताजा समाचार

This will close in 10 seconds