पुनर्वास र कृष्णपुरका कोरोना संक्रमित आईसोलेट

लाल ब. एसके
कञ्चनपुरको पुनर्वास र कृष्णपुर नगरपालिका क्षेत्रका कोरोना संक्रमित आईसोलेट भएका छन् । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा पुनर्वासका दुई महिला सहित चार पुरुष, कृष्णपुरमा एक महिला सहित एक अर्का पुरुषमा कोरोना देखिएको थियो ।

पुनर्वास नगरका प्रवक्ता भारलम सुनारले पुनर्वासका सत्रै संक्रमितलाई जनता बहुमुखी क्याम्पसको आईलोशनमा राखिएको बताए । कृष्णपुरका दुवै संक्रमितलाई होम क्वारेन्टाईनमै आईसोलेट गरिएको छ । उनीहरुमा लक्षण नभएकाले होम क्वारेन्टाईनमै आईसोलेट गरिएको हो । सेती प्रादेशिक अस्पतालले दुई जना कञ्चनपुर भनेर स्थानीय तह नखुलाँउदा अन्यौलता छाएको छ । पछिल्ला दिनहरुमा कञ्चनपुरमा कोरोना संक्रमित नरोकिएपछि महामारीको खतरा बढ्दै गएको छ ।

ताजा समाचार