कञ्चनपुर
नेपाल स्वयंमसेवक संघ कञ्चनपुर जिल्ला कमिटी गठन भएको छ । सुदुरपश्चिम प्रदेश नेपाल स्वयंमसेवक संघ प्रदेश कमिटीले स्वयंमसेवक संघले जिल्ला कमिटी गठन गरिएको हो। नेपाल स्वयंसेवक संघ जिल्ला कमिटी कञ्चनपुरको अध्यक्ष पदमा बिक्रम थापा र कञ्चनपुर जिल्ला इन्चार्जमा मीन बहादुर शाह लाई चयन गरिएको नेपाल स्वयंसेवक संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष नवीन थापाले जानकारी दिएका छन।
कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका का होनहार जुझारु शालीन युवा समाजसेवी शाह र थाप लाई नेपाल स्वयंसेवक संघ जिल्ला इन्चार्ज र अध्यक्ष पदको जिम्मेवारी दिएको छ। ग्रामीण क्षेत्र देखि आफ्नो समाजसेवी यात्रा सुरु गरेका शालीन जुझारु युवा शाह र थापा एका-एक आफ्नो अब्बलता बौद्धिक क्षमताले स्थानीय स्तर देखि जिल्ला सम्मको यात्रा तय गरेका छन् । समाजसेवी युवा मीन बहादुर शाह वि.सं.२०५८ सालमा बेलडाँडी क्षेत्रमा रहेका आरक्ष पीडित परिवार मध्यका एक उनी पनि हुन। आगामी दिनमा आफ्नो संघर्षरत जिन्दगी लाई निरन्तर दुखी गरीबहरु को सेवामा तल्लीन रहेन गरि युवा लाई लक्षित गरि समाजसेवा तर्फ लाग्ने शाहले बताउनु भो। उनले भने ‘यसरी आफ्नो आगामी दिनका यात्रा पनि एका-एक समाजसेवाको लागि रहने छ।’ सानै र विद्यार्थी जीवनकाल देखि नै समाजसेवी भावना भएका अध्यक्ष थापा आफ्नो जिन्दगीको यात्रा निरन्तर गरिब दुखी र असहाय लाई मध्यनजर गर्दै समाज परिवर्तनमा तल्लीन हुने र अझै थप उर्जाका साथ आफ्नो जिम्मेवारी लाई सफलता पुर्वक बहन गर्नुका साथै सकारात्मक रुपले समाजसेवा तर्फ उन्मुख हुने। अध्यक्ष थापाले भन्नू भो।
जिल्ला अध्यक्ष थापाका अनुसार जिल्ला कमिटीको उपाध्यक्षमा पार्वती महरा ,सचिव सरोज भण्डारी ,सह सचिव रोहित लेखक ,कोषाध्यक्ष किरन पाल ,सदस्यहरुमा सुनिता धनाडी, सोभा क्षेत्री ,देब सिंह धामी,चन्द्र भण्डारी, दिब्या भट्ट, हरिश गिरी र कैलास भट्ट रहेका छन् । भने जिल्ला कमिटिको प्रवक्तामा रुपेश बि.क लाई जिम्मेवार दिएको छ। सुदूरपश्चिम प्रदेशको अध्यक्षमा नबिन थापा ,प्रचारप्रसारका लागि मुख्य जिम्मेवारी निराजन परियार र महासचिवको जिम्मेवारी नरेन्द्र सिंह बोहराले पाएका छन् । आगामी दिनमा समाजका हरेक क्षेत्रमा आफ्नो गाउँ ठाउँको स्तर उन्नति बिकासका लागि र समाज परिवर्तन गर्न युवा लाई लक्षित गरि अगाडि बढ्ने हो भने सम्भव नहुने कुरा केही पनि छैन । त्यसैले नेपाल स्वयंमसेवक संघले बिभिन्न सामाजिक क्षेत्रहरु मा कार्यहरु गर्दै आएको छ।