मुक्तकमैया बस्तीमा खानेपानीको समस्य मुक्त

सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्ला स्थित कृष्णपुर नगरपालिकामा रहेको एक मुक्तकमैया बस्तीमा खानेपानीको समस्याबाट मुक्त भएका छन् । बिगत १५ वर्ष देखि कृष्णपुर नगरपालिका वडा न.२ मा रहेको उक्त बस्तीमा शुद्ध खानेपानी समस्या झेलदै आएका मुक्तकमैया अहिले स्थानीयको साथ सहयोगमा निरन्तर ३ दिन देखिको मिहेनतले मुक्तकमैया बस्तीमा रहेका समाजका अगुवा बाल सिंह राना (मिस्तरी) ले आफ्नै जमिनमा शुद्ध खानेपानीका लागि बोर बिस्तार गरिएको युवा समाजसेवी पंकज रानाले बताएका छन।

आरसनिक पानी पिउदै आएको बस्तीमा स्वास्थ्य समस्या दिनप्रतिदिन झेलदै आएका थियो र शुद्ध खानेपानी नहुदा पथरी लगायतका स्वास्थ्य समस्यामा जीवन बिताउदै आएका हुँदा उक्त कुरालाई मध्यनजर गर्दै अटोमेटिक “आधुनिक ” शुद्ध खानेपानी बोरको काम भाद्र ४ गते राती करिबन १:३० बजे तिर सफल भएको युवा समाजसेवी रानाले बताए। उनका अनुसार ‘ यस अटोमेटिक बोर जमिन सतहको २ सय ३० फिट गहिराईमा रहेको छ।

मुक्तकमैया बस्ती भरी रहेका आम बसोबास गर्ने सम्पुर्णका लागि अब शुद्ध खानेपानीको सहजीकरण र सहजता हुने र बस्तीमा उक्त कार्य लाई सफल बनाउन समाजका अगुवाहरुले श्रमदान गरि बाल सिंह राना (मिस्तरी )को विशेष पहल कदामी र लगानीमा उनकै सम्पुर्ण टिम सहित जनसमुदायको लगनशील र आर्थिक सहयोग रहेको र शुद्ध खानेपानी बोर बिस्तार गर्नमा भने कुनै स्थानीय तह देखि कुनै संघ संस्थाको सहयोग भने नरहेको र यसमा सम्पुर्ण लगानी आफ्नै रहेको रानाले बताए। आफ्नै बस्तीमा शुद्ध खानेपानी पिउन पाउँदा स्थानीयहरु मा खुसियाली छाउनुका साथै स्वास्थ्य समस्या बाट समेत मुक्त हुने स्थानीयको भनाइ रहेको छ। त्यसैले मानव जिवनकालमा शुद्ध खानेपानी पिउनु नै जीवन जल हो ।

ताजा समाचार