भीमदत्त नगरका १४ जना कोरोना संक्रमितको महाकाली अस्पतालमा उपचार

कोरोना संक्रमित भीमदत्त नगरपालिका क्षेत्रका विभिन्न वडाका १४जनाको महाकाली अस्पतालमा उपचार भईरहेको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको पिसिआर परिक्षणबाट उनीहरुमा कोरोना भेटिएको थियो ।

सेतीकै रिर्पोट अनुसार नगरपालिका क्षेत्रका विभिन्न वडाका स्थानीय महाकाली अस्पतालमा उपचारार्थ रहेका छन् । महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)ले सबै संक्रमितको आईशोलेशनमा राखेर उपचार भईरहेको बताए ।

कञ्चनपुरमा संक्रमितको संख्या नघटेपछि प्रशासनले निषेधाज्ञा समेत जारी गरेको छ । कोडिभ महामारीबाट बाँच्न स्वास्थ्यकर्मीले सुझाव समेत दिदै आएका छन् ।

ताजा समाचार