कञ्चनपुरमा मध्यरातदेखि आंशिक निषेधाज्ञा

कञ्चनपुर 

कञ्चनपुरमा दिनप्रतिदिन कोरोना संक्रमण बढ्दै गएपछि शुक्रबार मध्यरात देखि आंशिक निषेधाज्ञा जारी गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख नुरहरी खतिवडाले संक्रामक रोग र स्थानीय प्रशासन ऐन अनुसार शुक्रबार राती १२ बजे देखि भाद्र १४ गतेको राती १२ बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी गरिएको बताए।

शुक्रबार मध्यरातिदेखि १४ गतेसम्म अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका उद्योग, व्यापार व्यवसाय सञ्चालन विहान ७ बजे देखि बेलुका ७ बजे सम्म मात्र खोल्न सकिने जनाएको छ ।  जिल्लाभित्र सबै प्रकारका निजी तथा सार्वजनिक सवारीसाधन जोर बिजोरका आधारमा सञ्चालन गर्न पाइने छ भने औषधि, खाद्यान्न, तरकारी, दुध, फलफूल, माछा, मासु लगायत अत्यावश्यक बस्तुहरुका किन्न मात्रै सवारी साधन प्रयोग गर्न पाइने छ।

शैक्षिक सस्था, प्रशिक्षण केन्द्रहरु, ट्युसन सेन्टर, भाषा कक्षा सञ्चालन गर्न नपाउने भएको छ  सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी, प्यालेस, डिपार्टमेन्ट स्टोर, मनोरञ्जन स्थल, सैलुन, ब्यूटीपार्लर, स्वीमीङ पुल, जिमखाना, पुस्तकालय, संग्रहालय, सञ्चालन गर्न पाइने छैन्।

ताजा समाचार

This will close in 10 seconds