दोधारा चाँदनीमा मोटरसाईकल रुखमा ठोक्कीदा एकको मृत्यु, एक गम्भिर घाईते

दोधारा 

माहाकाली नगरपालिकामा मोटरसाईकल रुखमा ठोक्कीदा एकको मृत्यु हुनुको साथै एक गम्भिर घाईते भएका छन् । माहाकाली नगरपालिका वडा नं. ३ जगदिश टोलमा ठोक्कीदा माहाकाली नगरपालिका वडा नं. ३ निवासी वर्ष अन्ताजी वर्ष २२ का गगन सुनारको मृत्यु भएको छ भने, सोही वडाका मोटरसाईकल सवार वर्ष अन्ताजी २३ का करन बुढालाई गम्भिर चोट आएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक लाल बहादुर बमले जानकारी दिएका  छन् ।

एचआर ०२६ डिडि ५०४१ भारतिय नम्वर प्लेटको मोटरसाईकल अनियन्त्रीत भएपछि मोटरसाईकल रुखमा ठोक्कीएको बताईएको छ् । घाईते करन बुढाको टाउ र आँखाको भागमा गम्भिर चोट आएको कारण उपचारको लागी उनलाई धनगडी पठाईएको छ भने, मृतक गगन सुनारको शव प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा राखिएको प्रहरीले जनाएको   छ् ।

ताजा समाचार

This will close in 10 seconds