संसद धामीको पहलमा बेदकोटका सामुदायिक विद्यालयमा आईसिटी जडान

मदन नेपाली / कञ्चनपुर

संसद नर बहादुर धामीको पहलमा कञ्चनपुरको बेदकोट नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयमा प्रविधि जडान भईरहेको छ । गत आर्थिक बर्ष २०७६/०७७ मा बेदकोट नगरपालिका १० चटहरीको रन्त माविमा आईसिटी जडान गरिएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि सुचना संचार प्रविधि जडान गरिएको हो ।

निर्वाचन क्षेत्र नम्बर २ का सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउनका लागि संसद धामीको चुनावी प्रतिबद्धता अनुसार सामुदायिक विद्यालयमा कम्प्युटर जडान भईरहेका छन् । रत्नमाविका निर्वतमान अध्यक्ष सागर सुनारले ग्रामीण विद्यालयको शैक्षिक स्तरबृद्धिका लागि कम्प्युटर जडान गरिएको बताए ।

उनका अनुसार आधुनिक हिसाबले ल्याब जडान गरिएको छ । प्रतिनिधी सभा सदस्य नर बहादुर धामीका स्वकीय सचिव अर्जुन भट्टले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ भरिका सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तरबृद्धिका लागि संसद धामी ज्यूकै पहलमा विभिन्न कार्यक्रम मार्फत प्रविधि जडान, भौतिक निर्माण एव समाग्री उपकरण जडान भईरहेको बताए ।

ताजा समाचार