जंगली बदेलको आक्र्रमणमा परि बेदकोटका चार नागरिक घाईते

जंगली बदेलको आक्र्रामणमा परि बेदकोट नगरपालिका क्षेत्रका चार जना नागरिक घाईते भएका छन् ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको जंगली बदेलले घरभित्र पसेर बेदकोट नगरपालिका १० चतहरीका चार जना घाईते भएका हुन् ।

स्थानीय एव नेकपा बेदकोट नगरपालिका १० वडाध्यक्ष सागर सुनारले मंगलबार एक्कासी गाँउ पसेको बदेलले चार जनामाथि आक्र्रमण गरेको बताए । उनका अनुसार चैते सुनारको घरभित्रै पसेर उनी र छोरा गुल्सन सुनार, भोज सार्की र बुन्दे रावललाई घाईते बनाएको बताए । घाईते चारै जनाको महाकाली अस्पतलमा उपचार भईरहेको छ । स्थानीयले घाईते चारै जनाको उपचारको माग गरेका छन् । भने जंगली जनावरको दीर्घकालिन आतङ्क रोक्न अनुरोध गरेका छन् ।

ताजा समाचार

This will close in 10 seconds