दोधारा चाँदनीमा कोरोना रोकथाम खर्च शंकाष्पद भएको भन्दै आन्दोलनको चेतावनी

दोधारा

माहाकाली नगरपालिकाका स्थानीय युवाहरुले कोरोना रोकथाम तथा नियन्त्रणमा गरिएका खर्च शंकाष्पद भनदै बिवरण उपलब्ध गराउन माँग गरेका छन् । उनिहरुले आज माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनार, प्रमुख प्रशासकिय अधिकृत गणेश मिश्र लगाएत जनप्रतिनिधीलाई भेट गरि माहाकाली नगरपालिकाका कोरोना रोकथाम तथा नियन्त्रणमा खर्च गरिएको रकम पारदर्शी गर्नु पर्ने माँग राख्दै ज्ञापन पत्र बुझाएका हुन् ।

स्थानिय युवाहरुले माहाकाली नगरपालिकाले प्रकाशित गरेको सुचनामा देखाईएको खर्च अपाच्चे रहेको भन्दै वडा वडागतमारुपमा खर्चाको बिबरण सार्वजनिक नगरे कडा आन्दोलनको चेतावनी समेत दिएका छन् । माहाकाली नगरपालिका कार्यालय केही दिन अघि कोभिड १९ रोकथाम तथा नियन्त्रणमा २ करोड ४० लाख ७७ हजार २ सय १ रुपिया खर्चा आफ्नो सुचना पाटीमा सुचना टाँस लगाएपछि कोरोना रोकथाम तथा नियन्त्रणमा प्रष्ट नभएको र शंकाष्पद रहेको भन्दै स्थानियहरु गुनासो गर्न थालेका हुन् । माहाकाली नगरपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा रु. २ करोड ४० लाख ७७ हजार २ सय १ रुपिया खर्चा आफ्नो कार्यालयको सुचना पाटीमा टाँस गरेको हो । सुचना पाटीमा सार्वजनिक गरे अनुसार क्वारेन्टाइन निमार्ण रु. ३४ लाख १० हजार ९ सय ३३, क्वारेन्टाईनमा प्रयोग हुने सामग्री खरिदमा रु. १३ लाख २१ हजार ९ सय, क्वारेन्टाईन बस्नेहरुका लागी खानामा रु. ७ लाख, आइसोलेशन निमार्ण तयारी रु. ७ लाख ८७ हजार ३ सय, आइसोलेशन ब्यवस्थापन खर्चा रु. १४ लाख, आइसोलेशन खाना खर्च रु. २३ लाख, औषधीमा रु. ७ लाख ४१ हजार ४ सय, औषधी अन्य सामग्रीमा रु. ३० लाख ५६ हजार १ सय ५५, स्वास्थ्य उपकरणमा रु. ४ लाख ५९ हजार ९ सय ८, राहत बितरणमा रु. ४३ लाख २७ हजार ९ सय ९६, जोखिम भत्तामा रु. १३ लाख ८५ हजार ७ सय ८, यातायात खर्चमा रु. ५ लाख २५ हजार ७ सय, अन्यमा ३० लाख गरि जम्मा रु. २ करोड ४० लाख ७७ हजार २ सय १ रुपिया खर्चा रकम छ् ।

स्थानियबासी हर्क बहादुर थापाले सुचनामा देखाईएको खर्च रकम निकै शंकाष्पद रहेको हुदा कोरोना रोकथाम तथा नियन्त्रणको खर्च सबैले बुझ्ने पारदर्शीरुपमा हुनु पर्ने बताएका छन् । सुचनामा भएका कुरा आमजनमानसमा चित्त बुझ्दो नभएको हुदा कोरोना भाईरस रोकथाम तथा नियन्त्रण खर्चामा बिस्तृतरुपमा सबैको माँझ राख्नु पर्ने हर्क बहादुर थापाको भनाई रहेको छ् । स्थानिय हर्क बहादुर थापाको नेतृत्वमा आएको युवाहरुको टोलीले माहाकाली नगरपालिकाका मेयर बीर बहादुर सुनारलाई ज्ञापन पत्र बुझाएका छन् । ‘माहाकाली नगरपालिकाद्धारा संचालित कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागी यस नगरपालिकाले चालेको कदमको उच्च कदर गर्दै नगरपालिकाले सार्वजनिक गरेको खर्च रकम प्रति यस माहाकाली नगरपालिकाबासी असन्तुष्ट भएकोले संबिधानमा उल्लेखित २०६४ अन्तर्गत सुचनाको हक हामी नगरबासीमा भएकोले हामी नगरबासीलाई सार्वजनिक गरेको सम्पुर्ण खर्च बिबरण उपलब्ध गराई पाँउ भनी यो निबेदन पेश गरेका छौं’ ज्ञापन पत्रमा भनिएको छ् । सूचनाको हक सम्बन्धि ऐन अनुसार कोरोना खर्चका सबै विवरण उपलब्ध गराउन ज्ञापन पत्र बुझाउदै खर्चा रकम हिनामिना भए कडा आन्दोलनको चेतावनी समेत दिएका छन् ।

अर्का स्थानिय तथा नेकपा माहाकालीका नगर सचिव भिम कुमालले माहाकाली नगरपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा ठुलो रकम खर्च गरिएको कारण निश्पक्ष खर्चा बिबरण माँग गर्न ज्ञापन पत्र बुझाएको बताएका छन् । माहाकाली नगरपालिकाले सुचना पाटीमा टाँस लगाएर केही दिन अघि सार्वजनिक गरेको कोरोना खर्चा बिबरण निकै शंकाष्पद रहेको बताउदै भिम कुमालले कोरोना रोकथाम तथा नियन्त्रणमा अझै सम्म भएका बिस्तृत खर्चा सार्वजनिक गर्न समेत माँग गरिएको बताएका छन् । स्थानीयले बुझाएको ज्ञापनमा कोरोना खर्चा प्रति नगर वासिन्दा असन्तुष्ट भएको उल्लेख गरिएको छ् । माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले चाडो भन्दा चाडो कोरोना भाइरस तथा रोकथाम तथा नियन्त्रणको सम्पुर्ण हिसाव किताब सार्वजनिक गर्न आफुहरु तयारी भईरहेको बताएका छन् । ‘जनताको कर तथा पसिनाको रकम हो । हामी कुनै हालतले अनियमिता हुन दिदैनौं’ माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले भने ।

ताजा समाचार