मलामी गएका युवक महाकाली नदीमा वेपत्ता

कञ्चनपुर
आफन्तको मलामी गएका कञ्चनपुरका एक युवक महाकाली नदीमा वेपत्ता भएका छन् । सोमबार बिहान भीमदत्त नगरपालिका ९ ब्रम्हदेब स्थित महाकाली नदीमा बेदकोट नगरपालिका ८ का युवक जनक साउद वेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले मलामी घाटमा पुगेकै बेला युवकले हाम फालेर वेपत्ता भएको बताए । ‘आफन्तको मलामी गएका रहेछन, ‘प्रहरी प्रवक्ता थापाले भने, ‘लास जलाउने तयारी थियो, उनले हाम फालिहाले ।’ उर्लेर आएको महाकालीमा हाम फाल्दा वेपत्ता भएको प्रहरीले जनाएको छ ।

गर्मी वा अन्य कुनै कारणबाट उनले नदीमा हाम फालेको बताउदै वेपत्ता भएका साउदको खोजिकार्य भईरहेको बताए । बृद्धको मलामी गएका बेला युवक नै गुमाएपछि आफन्त एव मलामी चिन्तामा छन् । भने साउद परिवारमा ब्रजपात मच्चिएको छ ।

ताजा समाचार