तस्करी नियन्त्रण गर्दै सशस्त्र प्रहरी : झण्डै ४ लाख मुल्य बराबरको अबैध सामग्री भन्सार

‘सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक भण्डारीको राम्रो कमाण्ड रहेको भन्दै केही दिन अघि मात्रै माहाकाली नगरपालिकामा गठित सनसेट युथ भोलेन्ट्रि ग्रुपले प्रहरी निरिक्षक भण्डारी लगाएत ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक लाल बहादुर बम, प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका डाक्टर गगन चौधरी र पत्रकार पप्पु गुरुङ्गलाई कोभिड १९ रोकथाम तथा नियन्त्रणमा सकारात्मक कार्य गरेको भन्दै सम्मान गरेको थियो’

दोधारा

माहाकाली नगरपालिकामा भइरहेको तस्करी नियन्त्रण गर्न प्रहरी सफल हुदै आएको छ् । विश्वभर महामारीका रुपमा देखिएको कोरोनाको संक्रमणलाई थप फैलिन नदिन नेपाल–भारत सिमा सिल गरेपनि माहाकाली नगरपालिका क्षेत्रमा तस्करहरुले आफ्नो गतिबिधी बढाउन थालेपछि सिमा क्षेत्रमा खटिआएका सशस्त्र प्रहरीले एकपछि अर्को अबैध समान बरामद गर्दै सफलता हात पार्न थालेको छ् । माहाकाली नगरपालिका क्षेत्रको नेपाल–भारत सिमा क्ष्ँेत्रमा हरेक अबैध गतिबिधी नियन्त्रण तथा रोकथाममा सशस्त्र प्रहरीले सिमा कसिलो बनाउन थालेपछि तस्करहरको मानोवल कमजोर हुदै गएको छ् । माहाकाली नगर क्षेत्रमा रहेको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्टले बिगतका तुलनामा तस्करी नियन्त्रणमा सफलता प्राप्त गर्दै आएको बताईएको छ् । सशस्त्र प्रहरीले सिमा क्षेत्रमा ब्यापक कडाई गर्न थालेपछि तस्करहरु पलायन भएको स्थानियहरुले बताएका छन् ।

भारतबाट नेपाल भित्र्याउदै गरेको झण्डै रु. ४ लाख बराबरको अबैध समान सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीले आज भन्सार पठाएको छ् । माहाकाली नगरपालिकाको वडा नं. ७, ८ र १० का नेपाल–भारत सिमा क्षेत्रबाट नेपाल भित्र्याउदै गरेको चिनीका बोरा, बिडी, सुर्ती तथा सुर्तीजन्य पदार्थ, किराना पसलका समान, बिउबिजन लगाएत झण्डै रु. ४ लाख बराबरको अबैध समान बरामद गरि आज भन्सार कार्यालय गड्डाचौकी पठाईएको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक रामसिंह भण्डारीले जानकारी दिएका छन् । सिमा क्षेत्रमा गस्तीको सिलसिलामा उक्त अबैध समान नेपाल भित्र्याउदै गरेको अवस्थामा बरामद गरेको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक रामसिंह भण्डारीले बताएका छन् । कोभिड १९ को संक्रमण फैलिन नदिन सशस्त्र प्रहरी र जनता समन्वय गरि सीमानाकाबाट लुकेर आउने तथा चोरी तस्करी नियन्त्रण हुदै आएको स्थानिहरु बताउन थालेका छन् ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना संक्रमण थप फैलिन नदिन सीमा सिल गर्ने कार्यमा सशस्त्र प्रहरी लागि परेकोमा स्थानिहरु खुशी व्यक्त गरेका छन् । सीमामा सशस्त्र प्रहरीको पहरेदारीले कोरोना रोकथाम तथा सीमाबाट हुने चोरी सिकारी नियन्त्रणका लागि महत्वपूर्ण भूमिका खेल्दै आएको बताईएको छ् । ‘हाम्रो पहिलो काम र कर्तब्य भनेको माहाकाली नगरपालिका क्षेत्र शान्ति सुरक्षा कायम गर्ने हो । संगै कोभिड १९ रोकथाम तथा नियन्त्रण लगाएत सिमा क्षेत्रमा अबैध समान लागु औषध ओसारपसार र हातहतियार ओसार पसार तथा तस्कर नियन्त्रण गर्ने’ सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक रामसिंह भण्डारीले भने । भौगलिक बिकटता हावाहुरी र पानीले गर्दा सीमामा खटिएका प्रहरी जवानलाई समस्या भए जनताको जनधनको सुरक्षा लागी माहाकाली नगरपालिका क्षेत्रमा सशस्त्र प्रहरी कटिबद्ध रहदै आएको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चा“दनीका प्रहरी निरिक्षक भण्डारीको भनाई रहेको छ् ।

माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक रामसिंह भण्डारीले कमाण्ड सम्हालेपछि कोभिड १९ रोकथाम तथा नियन्त्रण तथा सिमा क्षेत्रमा अबैध तस्करीमा ठुलो सफलता प्राप्त भएको बताएका छन् । सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चा“दनीका प्रहरी निरिक्षक भण्डारीको कसिलो कमाण्डको कारण बिगतका तुलनामा स्थानियहरुको सशस्त्र प्रहरी प्रतिको हेराईमा निकै फरक आफुले पाएको माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले बताएका छन् ।

माहाकाली नगरपालिकाको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीमा प्रहरी निरिक्षककोरुपमा रामसिंह भण्डारीको आगमन पछि सशस्त्र प्रहरीको सामाजिक सुरक्षा बिषयमा निकै सकारात्मक कार्य गरेको भन्दै बिगतका तुलनामा स्थानियहरुमा हेर्ने द्धष्टिकोणमा फरक परेको स्थानियहरुले बताउन थालेका छन् । सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक भण्डारीको राम्रो कमाण्ड रहेको भन्दै केही दिन अघि मात्रै माहाकाली नगरपालिकामा गठित सनसेट युथ भोलेन्ट्रि ग्रुपले प्रहरी निरिक्षक भण्डारी लगाएत ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक लाल बहादुर बम, प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका डाक्टर गगन चौधरी र पत्रकार पप्पु गुरुङ्गलाई कोभिड १९ रोकथाम तथा नियन्त्रणमा सकारात्मक कार्य गरेको भन्दै सम्मान गरेको थियो ।

ताजा समाचार