समुदायमा सचेतना अभाव , कोरोना संक्रमित दिनप्रतिदिन बढ्दै

कञ्चनपुर 

कञ्चनपुरमा कोरोना संक्रमित अझै घट्का छैनन् । गत वर्ष ०७६ चैत्रमा बेदकोट नगरपालिका वडा न. १० चतहरीका ईन्द्र बिक मात्रै थिए भने बैशाखमा बेदकोटबाट काठमाण्डौँ गएकी एक महिलामा कोरोना देखियो । जेठ दोस्रो सातादेखि भारतबाट नेपाल प्रवेस गर्नेको संख्या ह्वात्तै बढेसंगै कञ्चनपुरमा संक्रमितको संख्या पनि त्यही दरमा बढ्दै गएको छ । तर, अहिले भारतबाट नेपाल प्रवेस गर्नेको संख्या घटेपनि संक्रमितको संख्या घटेको छैन् ।

साउन अन्तिम सातासम्म कञ्चनपुरका विभिन्न स्थानीय तहमा कोरोना संक्रमितको संख्या देखिरहेको छ । आइतबार बेदकोट नगरपालिका ९, पुनर्वास नगरपालिका १का दुई जनामा कोरोना देखिएको छ । त्यसको अघिल्लो दिन बेलडाँडी गाउँपालिका १, बेलौरी नगरपालिका ३, त्यसको अघिल्लो दिन भीमदत्त र बेदकोट नगरपालिकामा एक एक जना देखिएका छन् । कोरोना संक्रमितको संख्या कम अर्थात संक्रमण कम भएको छैन् । तैपनि समाजिक दुरी कायम नगरेर मानिस भिडभाँड जम्मा गर्दै आएका छन् ।

बेलौरी नगरपालिकामा देखिएका सबै संक्रमितको आईसोलेशनमा राखेर उपचार भईरहेको बेलौरी नगरपालिका कोडिभ १९का सयोजक मान बहादुर चन्दले बताए । बेलडाँडीमा देखिएका युवकको सेतीमा उपचार भईरहेको छ । शुक्लाफाँटा र भीमदत्त नगरपालिकामा देखिएका महिलाको पनि महाकाली अस्पतालमा उपचार भईरहेको छ ।

ताजा समाचार

This will close in 10 seconds