प्रेस स्वतन्त्रता विपरितका बुँदा हटाउन महासंघको माग

कञ्चनपुर

नेपाल पत्रकार महासंघले रेडियो, एफएम र टेलिभिजन प्रशारण सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक प्रेस स्वतन्त्रता विपरित भएको भन्दै परिमार्जितको माग अघि सारेको छ ।

पत्रकार महासंघ शाखा कञ्चनपुरले आइतबार प्रशासन कार्यालय मार्फत सुदूरपश्चिम प्रदेश सभाका सभामुखलाई ज्ञापन पत्र बुझाउँदै विधेयकमा रहेका केही प्रवधान संशोधनको माग अघि सारेका हो । पत्रकार महासंघ शाखा कञ्चनपुरका कार्यबहाक अध्यक्ष दुर्गा उपाध्यायले प्रमुख जिल्ला अधिकारी नूरहरी खतिवडालाई ज्ञापन पत्र बुझाउँदै केही बुदा सच्याउनुपर्नेमा जोडदिईन् ।

पत्रकार महासंघ कञ्चनपुरका सचिव अमर बहादुर चन्दले प्रस्तावित विधेयकका दफा ३, १३, १४, १७ सशोधनमा हुनुपर्ने बताए । सचिव चन्दले विधेयक नियन्त्रणमुखी भएको बताए ।

ताजा समाचार

This will close in 10 seconds