भृकुटी माविको प्रअमा महरा

कञ्चनपुरको जिल्ला सदरमुकाम भीमदत्त नगरपालिका ४ महेन्द्रनगरको मुटुमा रहेको भृकुटी माविको प्रध्यानाध्यापकमा केशव सिह महरा नियुक्त भएका छन् । माध्यमिक तह तृतिय श्रेणीका शिक्षक महरालाई विद्यालय व्यवस्थापन समितिले निमित्त प्रअमा नियुक्त गरेको हो ।

यस पटक विद्यालयले युवा शिक्षक प्रअको रुपमा पाएको छ । मावि तृतिय श्रेणीका शिक्षक महराले पाँच बर्ष अघि मात्रै शिक्षक सेवा आयोग पास गरेका थिए । त्यस अघि उनी प्लस टु दरबन्दीमा शिक्षण पेशामै कार्यरत थिए । निमित्त प्रअमा नियुक्त भएका महराले विद्यालयको शैक्षिक गुणस्तर र भौतिक विकासमा जोडदिए ।

‘मेरो मुख्य प्राथमिकता शैक्षिक गुणस्तर नै हो, ‘उनले भने, ‘त्यसपछिको विद्यालयको विकास सबै मिलेर गर्नुपर्छ ।’ विद्यालयले युवा वर्गका शिक्षकलाई प्रअको रुपमा पाएपछि विद्यालयको बृद्धि विकासमा अपेक्षा गरिएको छ । ‘अहिले हामीले युवालाई प्रअका रुपमा पाएका छौँ, ‘भृकुटी मावि प्लसटु दरबन्दीमा कार्यरत शिक्षक बिरेन्द्र भट्टले भने, ‘विद्यालयको थप विकास हुन्छ ।’ महरा प्रअमा नियुक्त भएपछि उनका सहकर्मी, आफन्त एव साथिभाई बधाई तथा शुभकामना दिईरहेका छन् ।

ताजा समाचार