ह्वीलचियर खरिद मापदण्ड बिपरित र अनियमितता गरेको भन्दै अख्तियारमा उजुरी

गत आर्थिक बर्ष २०७६/०७७ मा कञ्चनपुरको भीमदत्त नगरपालिकाले अपाङ्गता भएका व्यक्तिका लागि ह्वीलचियर(सहायक समाग्री) खरिद गरेको थियो । उक्त समाग्रीमा घोटाला गरेको भन्दै अपाङ्गता भएका व्यक्तिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । भीमदत्त नगरपालिका अपाङ्गता परिचय पत्र वितरण स्थानीय समन्वय समिति र महिला तथा बालबालिका बिरुद्ध समाग्री खरिदमा अनियमितता गरेको भन्दै अख्तियारमा उजुरी दिएका हुन् । विश्व स्वास्थ्य संगठन र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको निर्देशिका विपरित मापदण्ड पुरा नगरि २५ थान खरिद गरेको ह्वीलचियरमा घोटाला गरेर अपाङ्गता भएका व्यक्ति अपमान हुने हिसाबले कुनै नापजाँच बिनै कमिसनको घरमा खरिद गरेकाले उक्त खरिद प्रकरणमाथि छानबिन गर्न अख्तियार लाई माग गरिएको छ ।

०७७ असार १७मा आदित्य फार्मेसीसंग सम्झौता गरि मेटिभेशिन कम्पनीका ह्वीलचियर उपलब्ध गराउने सम्झौता गरेपनि तर फरक कम्पनीले दिएकाले पनि सो पनि गुणस्तहिन, क्षणिक समयका लागि अस्पतलमा बिरामी बोक्न प्रयोग हुने खरिद गरेर भ्रष्टाचारको नाङगो उदाहरण छर्पष्ट भएकाले यथाशिघ्र छानबिनको माग गरिएको छ । खरिद गरिएका ह्वील चियर गुणस्तहिन र भ्रष्टाचार भएको केही अपाङ्गता भएका व्यक्तिले बुझेका छैनन् । भीमदत्त नगरपालिका १० का अपाङ्गता भएका व्यक्ति गंगादत्त भट्टले गुणस्तहिन ह्वीलचियर भएकाले नबुझेको बताए । ‘यो गुणस्तरियहिन ह्वीलचियर ल्याएर के गर्ने, ‘उनले भने, ‘लैजान नगरपालिकाबाट कल आँउछ, तर मैले बुझेको छैन् ।’ कञ्चनपुर अपाङ्गताका अगुवा मनोज चन्दले नगरपालिकाले हचुवाको तालमा खरिद गरेको बताए । ‘खरिद गरेपछि मात्रै हामीलाई थाहा भयो, ‘उनले भने, ‘यस बारेमा हामीले पटक पटक ज्ञापन पत्र बुझाए, तर कुनै सुनुवाई भएन् ।’ नगरपालिकाले लुकिछिपी वडा वडाहरुमा जबरजस्ती बुझाईरहेका छन् । सम्झौता अनुसार पनि ह्वीलचियर खरिद नगरेले अपाङ्गतामाथि ठुलो घात गरेको बताए ।

उनले घोटाला गर्ने व्यक्ति, कर्मचारीको माग गरे । ‘यो ठेक्का रद्द गरेर, गुणस्तहिय ह्वीलचियर ल्याएर वितरण गर्नुपर्छ ।’ ह्वीलचियर खरिदमा घोटाला भएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले उजुरीउपर छानबिन भईरहेको जनाएको छ । ह्वील चियरमा अनियमितता नभएको नगरपालिकाले जनाएको छ । भीमदत्त नगरका प्रवक्ता हिमालय चन्दले घोटना भए नभएको बारे बुझिने बताए । ‘खरिदमा कुनै समस्या छैन, ‘उनले भने, ‘केही अपाङ्गता भएका व्यक्तिले आधुनिकको माग गरेका थिए ।’ नगरपालिकाले ह्वील चियर खरिदमा घात गरेको भन्दै भीमदत्त नगरपालिका क्षेत्रका अपाङ्गता भएका व्यक्ति रुष्ट देखिएका छन् ।

ताजा समाचार