फिफाको वरीयतामा नेपाल यथावत

काठमाडौं

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको महिला वरीयतामा नेपाल यथावत रहेको छ । फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत रहदै ९९ औं स्थानमा रहन सफल भएको हो ।

अघिल्लो पटकको वरीयतामा समेत नेपाल ९९ औं स्थानमै रहेको थियो । एसियाली राष्ट्रको वरीयतामा भने नेपाल २१ औं स्थानमा रहेको छ । यस्तै दक्षिण एसियाली राष्ट्रको वरीयता नेपाल दोस्रो स्थानमा रहेको छ । नेपाल भन्दा अघि रहेको भारत ५५ औं स्थानमा रहेको छ ।

ताजा समाचार