अनाथालयलाई फ्रिज

राष्ट्रिय वाणिज्य बैंक शाखा महेन्द्रनगरले समाजकल्याण अञ्चल वाल अनाथालयलाई फ्रिज उपलब्ध गराएको छ ।
शनिबार एक कार्यक्रमका बिच बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत अनाथालयलाई फ्रिज हस्तान्तरण गरेको हो । राष्ट्रिय वाणिज्य बैंक शाखा महेन्द्रनगरका प्रबन्धक कर्णदेव जोशीले समाजकल्याण अञ्चल वाल अनाथालयका उपाध्यक्ष दयाकृष्ण जोशीलाई हस्तान्तरण गरेका हुन । प्रबन्धक जोशीले बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत अनाथालयलाई फ्रिज प्रदान गरेको बताए ।

अनाथालयका उपाध्यक्ष दयाकृष्ण जोशीले बैंकको सहयोगले अनाथालयलाई ठुलो सहयोग पुगेको भन्दै आगामी दिनमा समेत सहयोगको अपेक्षा गरे । बैंकले हस्तान्तरण गरेको फ्रिजले अनाथबालकहरुलाई राहत पुग्ने भएको छ ।
दाताहरुले अनाथालयलाई सहयोग गरेको तरकारी केही दिनका लागि समेत सञ्चीत गरेर राख्न मिल्ने भएकाले अनाथालयलाई राहत मिलेको अनाथालयले जनाएको छ । कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक शाखा महेन्द्रनगरका प्रबन्धक कर्णदेव जोशी लगायत बैंकका कर्मचारीहरुको सहभागीता रहेको थियो ।

ताजा समाचार

This will close in 10 seconds