जवानमा कोरोना देखिएपछि प्रहरी पोष्ट ‘सिल’

धनगढी 

कोरोनाको महामारी दिनप्रतिदिन बढ्दै गए पछि सुदूरपश्चिम प्रदेशको धनगढीमा एक प्रहरी जवानमा कोरोना संक्रमणको पुष्टि भएपछि उनी कार्यतर धनगढी विशालनगरकाे प्रहरी पोष्ट ‘सिल’ गरिएकाे छ ।

शुक्रबार साँझदेखि धनगढी उप–महानगरपालिका-३ बिशालनगरमा रहेको अस्थायी प्रहरी पोष्ट सिल गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । सङ्क्रमित प्रहरीलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएकाे छ । उक्त पोस्टमा कार्यरत अन्य १० जना सुरक्षाकर्मी पनि सेल्फ क्वारेन्टिनमा राखिएको प्रहरी निरीक्षक हिक्मत थापाले बताए । उनले भने-‘उहाँहरू सबैको कोरोना परीक्षणको तयारी भइरहेको छ ।’

ताजा समाचार