एकताको २९ औ बार्षिक साधारण सभा सम्पन्न

अम्बा दत्त तिवारी/ कञ्चनपुर

एकता संस्था भिनपा २ उल्टाखामको २९ औ बार्षिक साधारण सभा शनिबार सम्पन्न गरेको छ । कोरोना भाईरस कोभिड १९ का कारण सामाजिक दुरी कायम गर्दै संस्थाका अध्यक्ष सिर्जना रावलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा भीमदत्त नगरपालिका २ का वडा सदस्य शान्ति भट्टले प्रमुख अतिथि रहनुभएको थियो ।

संस्थाका पुर्व अध्यक्ष गिरिराज शर्मा विशिष्ट अतिथि रहेका थिए । उक्त कार्यक्रममा मनोकामना कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष टेक बहादुर भण्डारी, पुर्व अध्यक्षहरू गिरी राज शर्मा, लवदेव अवस्थी, तीर्थ पाण्डे, महेश प्रसाद भट्ट, लगायतले शुभकामना मन्तव्य राखेका थिए । स्वागत मन्तव्य संस्थाका सचिव भुवन चौधरीले गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन महासचिव गणेश ओझाले गर्नु भएको थियो । सह सचिव लोक राज भट्टले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष भीमदत्त भट्टले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाले आगामी कार्यक्रम का बारेमा छलफल गर्दै ई लाइब्रेरी सञ्चालनका लागी पहल गर्ने प्रतिबद्धता व्यक्त गरेकाे छ ।

ताजा समाचार