उदयदेव सहकारीले सदस्य लाई सहुलियत, ३३ लाख बराबर ब्याज छुट

कञ्चनपुर

कञ्चनपुरको महेन्द्रनगरमा रहेको एक अग्रणी गैरसरकारी संस्थाद्धारा आफ्ना सदस्य लाई सहुलियत दिनुका साथै ३३ लाख बराबर ब्याज “छुट” मिनाहा गरेको छ। विश्वव्यापी रुपमा फैलिएको महामारी “कोभिड-१९” कोरोना भाइरसको विषम परिस्थितिको समयमा सहकारीले आफ्ना सम्पुर्ण सदस्य लाई सहुलियत प्रधान गरेको हो।

चैत्र ११ गते देखि देशव्यापी रुपमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लगाइएको लकडाउनको समयलाई मध्यनजर गर्दै दयनीय अवस्थामा रहेकाहरुको समस्यालाई आत्मसात गर्दै सहकारीले सदस्यहरुलाई सहुलियत दिनुका साथै विभिन्न सात किसिमका राहत कार्यक्रमको आयोजना गरिएको उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गणेश चन्दले बताउनु भो। उनले भने ‘ लकडाउनको समयमा ३२ लाख ९७ हजार ८ सय ९२ रुपैया व्याज मिनाहा छुट गरेको , कञ्चनपुरका सम्पुर्ण स्थानीय निकायहरू लाई ३ लाख ३० हजार को राहत कार्यक्रम, विपन्न वर्गलाई वडा कार्यालय मार्फत ६१ हजार ५ सय बराबरको खाद्यान्न वितरण, कोभिड- १९ ले प्रभावित भएका सदस्यहरुको व्यवसाय पुन:स्थापनको लागि एक वर्षको अवधिका लागि सहुलियत १३ प्रतिशत व्याजदरमा कर्जा लगानी गर्न रु.दस करोडको व्यवस्था गरिएको छ।

एक लाख दस हजार बराबर कञ्चनपुर जिल्ला भरिमा २ सय ७२ घरपरिवार लाई स्वास्थ्य सामग्री साबुन, सेनिट्राइजर,मास्क वितरण गरिएको , ६ हजार ९ सय ४० किलोग्राम धानको बिउ सदस्य लाई ५० प्रतिशत अनुदानमा र ३ हजार २ सय ५० किलोग्राम नि:शुल्क सदस्यहरुको घरदैलो मै उपलब्ध गराउनुका साथै वर्षे धान खेतिका लागि रासायनिक मलखाद समेत उपलब्ध गराइएको साथै किसान लाई मध्यनजर गर्दै सहुलियत दरमा आधुनिक कृषि यन्त्र उपलब्ध गराउनका लागि प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना, सुपर धानजोन कञ्चनपुरको सहयोगमा आफ्नै कष्टम हायरिङ्ग सेन्टरको स्थापन गरिएको बताए। साथै आगामी दिनमा पनि जनताको घरदैलोमा सहकार्यका साथ सहकारी संस्थाले निरन्तर अग्रसर भएर काम गर्ने र सहुलियत सेवा समेत प्रधान गर्ने प्रतिबद्धता समेत गरेका छन।

ताजा समाचार