‘सेटिङ्गमा भारतिय सवारी साधनमा धमाधम महेन्द्रनगर माल समान भित्रिदै’

कञ्चनपुर
नेपालमा कोरोना जोखिम बढिरहेका बेला सरकारले सबै जिल्लामा सवारी पास रद्द गरेको छ । एक जिल्लाबाट अर्को जिल्ला प्रवेसमा समेत रोक लागेका बेला भारतबाट (नेपाल) कञ्चनपुर महेन्द्रनगरमा धमाधम माल समान भित्रिदै छ । सेटिङ्गमा भारतीय सवारी साधनमा पछिल्ला दिनहरुमा धमाधम महेन्द्रनगरमा तरकारीदेखि अन्य समान भित्रिरहेको छ । भारतका विभिन्न शहरबाट सिधै उतैका नागरिक सवारी साधन सहित नेपाल भित्रिन लागेपछि सत्ताधारी नेकपाका विद्यार्थी संगठन आन्दोलित भएका छन ।
बिहीबार बिहानै भारतको महाराष्ट्रबाट एमपोटीएचबि ५६५२ नम्बरको हेभिट्रक केरा बोकेर महेन्द्रनगरको बालाजु फुट सेन्टरमा पुगेपछि अनेरास्ववियूका विद्यार्थी नेताहरु आन्दोलित भएका हुन् । अनेरास्ववियू कञ्चनपुरका नेता कैलाशचन्द्र गिरीले कोरोना रोकथामका लागि सरकारले अपनाएका मापदण्ड विपरित केही व्यक्ति समुहले सेटिङ्गमा धमाधम समान आयात भईरहेको बताए । ‘कुनै नेपाल आफ्नै देशमा आउँदा सीमा क्षेत्रमा अनावश्यक खानतलासी गर्दछ, ‘उनले भने, ‘भारतबाट धमाधम ट्रकका ट्रक उतैबाट नागरिक सहित आएका छन् ।’ अनेरास्ववियूका अर्का नेता रमेश पन्तले कञ्चनपुर उद्योग वाणिज्य संघ र प्रहरीको मिलोमतोमा कोरोना भि¥याउने काम भएको आरोप लगाए ।
नेता पन्तले सरकारले एकातिर कोरोना रोकथामका लागि प्रयास गरेपनि केही व्यवसायीका कारण प्रयास असफल गर्न सकृय रहेको बताए । विद्यार्थी नेता फुट सेन्टरमा पुगेपछि प्रहरीले उक्त ट्रक नियन्त्रणमा लिएको थियो । फुट सेन्टरका संचालकहरुले भने अरु दिन पनि आईरहेको बताउदै गुलरियाबाट पल्टी नगरेरै संघ र प्रहरीसंग समन्वय गरेर सिधै ल्याएको बताएका छन् । स्थानीयले भारतबाट आउने चालक, सवारी साधन भित्रिदा कञ्चनपुरमा जोखिम बढ्ने भएकाले त्यसतर्फ समेत ध्यान दिन आग्रह गरेका छन् ।

ताजा समाचार

This will close in 10 seconds