प्रगति एकता समाजद्वारा विद्यालय मन्दिर सरसफाई

कञ्चनपुर

विश्वभरी कोरोना महामारी चलिरहेको छ । नेपालमा समेत कोरोनाको महाप्रकोप रोकिएको छैन् । गाँउ, घर, सार्वजनिक क्षेत्र सरसफाई अभावका कारण मानविय स्वच्छ जिवनमा चुनौति थपिदिएको छ । स्वच्छ, जिवन र वातावरणका लागि कञ्चनपुरको बेलडाँडी गाउँपालिकाको प्रगति एकता समाजले विाद्यलय र मन्दिर क्षेत्रमा सरसफाई गरेको छ । कोरोना महामारीसंगै लामछुट्टेको संक्रमणबाट जोगिनका लागि प्रगति एकता समाजले दुई मदिर र एक विद्यालयमा सरसफाई गरिएको सचिव बिरेन्द्र कडायतले बताए ।

उनका अनुसार बेलडाँडी गाँउपालिका १मा रहेका कृष्ण, सिद्ध मन्दिर र सिद्धनाथ आधारभूत विद्यालय परिसरमा सरसफाई गरिएको हो । ‘विद्यालयमा क्वारेन्टाईन राखिएको थियो, त्यहाँ पनि सरसफाई थिएन, ‘उनले भने, ‘क्वारेन्टाईन रहेको दुँदा जोखिम बढ्ने भएकाले विद्यालयमा प्राथमिकतामा साथ सरसफाई गरियो ।’ संगै लकडाउनका लागि भक्तजनको आवागमन नहुँदा फोहोरले जगडिएका दुवै मन्दिर परिसरमा सरसफाई गरेका छौँ ।’ प्रगति एकता समाजका अध्यक्ष धनसिह विष्टले स्वच्छ वातावरण भए स्वच्छ जिवन भएकाले मानिसलाई रोगव्याधीबाट बचाउनका लागि सरसफाई गरिएको बताए ।

‘हुनत यि दुवै कार्य सानो प्रयास मात्रै हो, ‘स्वच्छ जिवनमा लागि सरसफाई आवश्यक छ ।’ समाजले आगामी दिनमा समाजिक हितका क्षेत्रमा काम गर्ने अध्यक्ष विष्टको भनाईछ । गाँउमा प्रगति एकता समाजले समाजिक कार्यको शुरुवात गरेपछि स्थानीय समेत हर्षित भएका छन् ।

ताजा समाचार

This will close in 10 seconds