पुष्कर भट्ट / कञ्चनपुर
कञ्चनपुरको कृष्णपुर नगरपालिका ६ मौरिफाँटाकी राधा ओडको क्वारेन्टाईनमा करेन्ट लागेर मृत्यु प्रकरणमा स्थानीयले आन्दोलन शुरु गरेका छन् । नगरपालिकाले क्वारेन्टाईन व्यवस्थापन गर्न नसक्दा राधाको अकालमै ज्यान गुमाउनु परेको भन्दै स्थानीय र आफन्त आन्दोलनमा उत्रेका हुन् । क्वारेन्टाईनका नममा ३ करोड खर्चिदा पनि क्वारेन्टाईन अव्यवस्थित भएको भन्दै बुधबार कार्यालय समयदेखि मृतक आफन्त एव स्थानीयले आन्दोलन गरेका छन् । वडा कार्यालयमा तालाबन्दी गरेर नगरपालिका कार्यालयमा स्थानीय सरकार (जनप्रतिनिधी) बिरुद्ध स्थानीयले प्रर्दशन गरिरहेका छन् । आन्दोलनका कारण कार्यालयको कामकाज समेत प्रभावित भएकोछ । मृतक राधादेवीका आफन्त जेठाजु देव बहादुर ओडले स्थानीय सरकारको चरम लार्पबाहीका कारण क्वारेन्टाईनमा करेन्ट लागेर राधाको मृत्यु भएकोले घटनाको छानबिन गरि दोषि उपर कार्बाहीको माग अघि सारेर आन्दोलन गरिएको बताए ।
‘आन्दोलन व्यक्तिको बिरुद्ध होईन प्रवृतिका बिरुद्ध हो, ‘उनले भने, ‘जनताको नाममा ठुलो रकम खर्चिएको देखाएर धमाधम मर्न थाले ।’ उनका अनुसार वडा कार्यालयमा अनिश्चितकालिन तालाबन्दी र नगरपालिकामा बिरोध प्रर्दशन गरिएको बताए । ‘करेन्ट लागेपछि अस्पताल लैजान नगरपालिकासंग एम्बुलेन्स माग्दा बिग्रीएको छ, भनेर दिईएन, ‘उनले भने, ‘घाईते बचाउन नगर प्रमुख र उप प्रमुखसंग पछि छुट्टाछुट्टै गाडी थिए, दिएनन, नदिएपछि अटोमा ढिलो गरि अस्पताल पु¥याउँदा ज्यान गुमाउनुप¥यो ।’ कृष्णपुरका स्थानीय एव विद्यार्थी नेता टेक पाण्डेयले घटनाको सत्यतत्य छानबिन हुनुपर्ने बताए । ‘कसको कमिकमजोरीबाट घटना भएको हो, त्यसको यकिन छानबिन गर्नुपर्छ, ‘उनले भने, ‘दोषिलाई कार्बाही गरे आगामी दिनमा घटना हुँदैनन ।’ उनले प्रमुख र उप प्रमुखले आ–आफ्नो गाडी हत्याएर निजी प्रयोजनका लागि दुरुपयोग गरेको समेत आरोप लगाए । ‘हाम्रो मेयर ज्यूले त सरकारी सेती नम्बर प्लेट राख्नुपर्नेमा निजीको जस्तै रातो राखेका छन, ‘उनले भने, ‘यो के दुरुपयोग गर्नका लागि होईन, यस्तै पीडितका लागि प्रयोग गर्नु प्रदैन् ।’ उनले आन्दोलनकारी र प्रहरीविच दोहोरो घम्काघम्सी समेत भईरहेको बताए ।
शव सेती अस्पतालमै छ । घर परिवार शोकमा डुबेका छन् । स्थानीय एव काँग्रेस नेता दिल बहादुर देउवाले नगरपालिकाले कोरेनाका नाममा करोडौँ खर्च गर्ने तर, एक धारा व्यवस्थापन नगर्दा समयमै एम्बुलेन्स नपठाउँदा मृत्युबरण गर्नुपरेको बताए । ‘एकातिर नगरपालिकामा क्वारेन्टाईन घट्दै छन, भएका क्वारेन्टाईन पनि उचित व्यवस्थापन भएन, ‘उनले भने, ‘जनप्रतिनिधीको ध्यान जनता बचाउँन नभई कमिसनतर्फ गएकाले यस्तो समस्या आएको हो । यस अघि कृष्णपुर नगरपालिका ७ का वडाध्यक्ष कल्लुराना पनि क्वारेन्टाईन व्यवस्थापनकै बेला मृत्युबरण गरेका थिए । स्थानीयले नगरपालिकाको ध्यान क्वारेन्टाईनका नाममा बिल बनाउने खर्च देखाएर कमिसन तर्फ भएकाले उचित व्यवस्थापन अभावका कारण र समयमै अस्पताल पु¥याउँन नसक्दा मृत्यु भएको बताएका छन् । कोरोनाकै नाममा करोडौँ खर्च गर्ने एक बिरामी बोक्ने साधन जोह गर्न नसक्दा महिलाले ज्यान गुमाएको स्थानीयको टिप्पणी छ । एम्बुलेन्स बिग्रीएपनि नगरका जनता क्वारेन्टाईनमै मर्दा नगर प्रमुख कर्ण हमाल र उप प्रमुखसंग छुट्टा छुट्टै पझेरा जिप हुँदा पनि उनीहरुमा दया नपलाएको स्थानीयको आरोप छ । करेन्ट लागेका बिरामीलाई अस्पताल पु¥याउँन एम्बुलेन्स नै चाहिन्छ, भन्ने होईन दिन चाहेको भए नगर प्रमुख र उप प्रमुखसंग छुट्टाछुट्टै सवारी साधन छन् । ‘आफुलाई कम्युनिष्ट गरिबको नेत भन्दै भोट माग्नेले जनता पीडामा पर्दा प्रमुखले आफ्नो गाडीमै अस्पताल पु¥याएको भए के हुन्छ, ‘उनले भने, ‘अनि महिला अधिकार भन्दै एउटी महिला सवारी साधन नपाएर छटपटिरहेका बेला उप प्रमुखले आफुले चढ्ने गाडीमा राधालाई अस्पताल लग्नु प्रदैन् ।’ घटनामा कञ्चनपुरका महिला अधिकारकर्मीको समेत ध्यानाकर्षण भएको छ ।
क्वारेन्टाईनका नाममा सबैभन्दा बढि कृष्णपुर नगरपालिकाले तीन बर्ष खर्च गर्दा पनि महिलाले ज्यान गुमाउनु परेको भन्दै अधिकारकर्मी शारदा चन्दले त्यसको दोष नगरपालिकाले लिनुपर्ने बताईन् । ‘कोरोना रोकथामका नाममा रकम सिध्याउने खेल मात्रै भईरहेको छ, ‘उनले भनिन, ‘समान्य धारा मर्मत किन नगरेको होला ।’ केही क्वारेन्टाईनमा साता अघि मात्रै करेन्ट लागेर एक जनावर (स्याल मरेको थियो । कृष्णपुर नगरपालिका ६ मौरीफाँटाकी राधा ओड श्रीमान रविन ओड डेढ बर्षिया नाबालिका छोरी परिवार सहित भारतबाट मंगलबार दिउँसोतिर मातृभूमी नेपाल पुगेका थिए । मधरासमा रोजगारीमा रहेका ओड दाम्पत्ती भारतमा कोरोनाको कहर चलेका बेला सुरक्षाका लागि नालाबाला सहित नेपाल आए तर, जुन उदेश्य बोकेर उनीहरु नेपाल आएका थिए, ठिक त्यसको विपरित मातृभूमी टेकेकै दिन राधाको ज्यान गयो ।
नगरपालिकाले पीडित पक्षलाई वार्ताका लागि आब्हान गरेपछि पीडित र स्थानीयले कोरोना खर्चको विस्तृत विवरण राधाको मुत्युको कारण, बिग्रीएको भनिएको एम्बुलेन्स, मेयरको रातो नम्बर र उप प्रमुखले चढ्ने गाडी कहाँ के थिए भन्ने बारेमा उत्तर खोजिरहेका छन् ।
